विद्यावारिधि गर्ने विद्यार्थीलाई गाउँपालिकाको छात्रवृत्ति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १७:२:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/xatrabridi_1ucHM0EdmA.gif)
२१ वैशाख,खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप रु एक लाख ११ हजार १११ प्रदान गरेको हो ।
गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही रु एक लाख ११ हजार १११ प्रदान गर्ने निर्णय गरेको थियो । उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए ।
पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरबन्दीका १२ शिक्षक छनोट गरेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । यस्तै विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्तेलेखन, फर्निचर निर्माण, सिँढी तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
यसैबीच खोटेहाङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/७८ को वित्तीय प्रगति ४० प्रतिशत नाघेको छ । यस आवका लागि नेपाल सरकार तथा दातृ निकायबाट प्राप्त अनुदान तथा आन्तरिक आम्दानीबाट भएको कूल आयमध्ये ४०.१२ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।
सङ्घीय तथा प्रदेश सरकार र विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदान तथा गाउँपालिकाको आन्तरिक आम्दानी गरी रु ५४ करोड ८१ लाख १८ हजार ४३ आय अनुमान गरिएकामा हालसम्म रु ३१ करोड ५९ लाख ७१ हजार ३६२ भएको जनाइएको छ । गाउँपालिकाको यो वित्तीय प्रगति विवरणमा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, साना सिँचाइ आयोजना र बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट समावेश नगरिएको गाउँपालिका प्रमुख राईले बताए ।
गाउँपालिकाको चौथो वार्षिकोत्सवमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा चालू आर्थिक वर्ष पूर्वाधार क्षेत्रअन्तर्गत ७ वटा पालिकास्तरीय सडक निर्माण तथा मर्मतका लागि रु एक करोड १८ लाख र ४० वटा वडास्तरीय सडक निर्माण तथा मर्मतका लागि रु एक करोड ६६ लाख ५० हजार विनियोजन गरिएको थियो । गाउँपालिकालाई चालु आवभित्रै पूर्ण उज्यालो पालिका बनाउने लक्ष्य राखिएको छ ।
गाउँपालिकाको आफ्नै प्रशासनिक भवन तथा नौवटै वडामा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको छ । गाउँपालिकाका अनुसार न्यायिक कार्यलाई सहज, सरल र व्यवस्थित गर्ने उद्देश्यले गाउँपालिकाको प्रशासनिक भवनमा ठेक्का प्रक्रियाबाट न्यायिक समितिको सचिवालय हल निर्माण भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार