भ्रममा नपर्नु ! अहिलेसम्म ओलीसँग कुनै सहमति भएको छैन: नेपाल
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १८:१:१८
२४ बैशाख, काठमाडौं । नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । नेता नेपालले समाजिक संजालमार्फत प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारेका हुन ।
केही संचारमाध्यममा राष्ट्रपतिलाई साक्षी राखेर ओली र नेपालबीच सहमति भएको भनि खवरहरु बाहिर आएपछि नेपालले त्यसको खण्डन गरेका हुन । नेकपा एमाले भित्र केपी ओली र माधवकुमार नेपालबीच हिजै राति सहमति भएको हल्ला बिहानैबाट भाइरल भयो । जिम्मेवार नेताहरुले नै यस्तो आशयको अभिव्यक्ति विभिन्न माध्यममा व्यक्त गरे । सामाजिक सञ्जालमा पनि यस्तैखाले खबर फैलिए ।
त्यसको प्रभाव नेता नेपालमा नपर्ने कुरै भएन । आज बिहान यस्ता खबर सार्वजनिक हुन थालेपछि नेता नेपालले त्यसको खण्डन गरेका छन् ।पार्टीभित्र एकाएक आक्रमक अवस्थामा देखापरेका नेता नेपालले आज बिहान सामाजिक सञ्जालकै प्रयोग गरेर अहिलेसम्म ओलीसँग कुनै सहमति नभएको भन्दै कसैलाई पनि भ्रममा नपर्न अपिल गरेका हुन् ।
आफूहरु वार्ता र लचकता अपनाउन तयार रहेको तर कुनै सहमति नभएको उनले फेसबुकवालमा लेखेका छन् । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ नेता नेपालले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन।’ नेपालले लेखेका छन् ।
नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उनले बताएका छन्। ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
ट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार