संक्रमण व्यवस्थापनमा सक्रिय हुँदै स्थानीय तह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २३:४९:३
![](https://nepalbahas.prixacdn.net/media/albums/coronavirus_IZSXR82tfH.jpg)
२४ वैशाख,खोटाङ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्लाका दशवटै स्थानीय तह जुटेका छन् । नयाँ भेरियन्टसहितको संक्रमण तीब्रगतिमा फैलिरहेको अवस्थामा जिल्लाका स्थानीय तहले आ–आफ्नै तरिकाले आइशोलेसन कक्ष निर्माण गरिरहेका छन् ।
कोरोना भाइरसका संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाउन जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइशोलेनलाई नै ब्युँताएका छन् भने कतिपयले नयाँ आइशोलेसन कक्ष निर्माणमा जुटेका छन् । संक्रमण पुष्टि भएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले आ–आफ्नो आइशोलेसनमा लगेर उपचार गर्ने जिल्लाका सबै स्थानीय तयारीमा जुटेका हुन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसि०को यही वैशाख १३ गते बसेको आकस्मिक बैठकले नगरपालिकालाई ३० श्यया र गाउँपालिकालाई २० श्ययाको अक्सिजनसहितको आइशालेसन कक्ष व्यवस्थापन गर्न निर्देशन दिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख १५ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा ३२ बेडको आइशोलेसन कक्ष स्थापना गरेको छ ।
आइशोलेसन सेन्टरका लागि आवश्यक पर्ने दश सिलिण्डर अक्सिजन ल्याइसकिएको र थप दश थान अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । उक्त नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र पाँच जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलब्ध गराउन मिल्नेगरी ३२ श्ययाको आइशोलेसन कक्ष निर्माण गरेको हो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले स्थायी कोभिड अस्पताललाई नै आइशोलेसन कक्षका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । हलेसी तुवाचुङ–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा गत मङ्सिर ११ गते स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा दश श्ययाको आइशोलेसन कक्ष बनाइएको हो ।
एमबिबिएस डाक्टर सहितको सो अस्थायी कोभिड अस्पताल संघीय सरकारले उपलब्ध गराएको रु दश लाख र नगरपालिकाको लगानीमा स्थापना गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा बनाइएको पाँच श्ययाको पुरानै आइशोलेसन कक्षलाई नयाँ आइशोलेसन कक्षका रुपमा उपयोग गर्ने तयारी गरेको छ । स्वास्थ्य केन्द्रमा अक्सिजन सहितकै आइशोलेसन व्यवस्था गरिएको गाउँपालिका प्रमुख श्वनाथ निरौलाले बताए ।
केपिलासगढी गाउँपालिकाले बाक्सिलाबजारमा रहेको बसपार्कमा १६ श्ययाको नयाँ आइसशोलेसन कक्ष निर्माण गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक अक्सिजन भने खरिद गर्न नपाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए । खोटेहाङ गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइशोलेसन बनाउने भएको छ । खोटेहाङ–६ इन्द्रेणीपोखरीमा स्थापना गरिएको पाँच श्ययाको अस्थायी कोभिड अस्पताललाई आइशोलेसनका रुपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका प्रमुख प्रदीप राईले बताए ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइशोलेसनमा रुपान्तरण गर्ने भएको छ । वडा नं।–१ याम्खास्थित दश श्ययाको अस्थायी कोभिड अस्पताललाई आइशोलेसनका रुपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।
साकेला गाउँपालिकाले अक्सिजनसहितको २० श्ययाको आइशोलेसन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । वडा नं।–२ रतन्छास्थित स्वास्थ्यचौकीमा स्थापना गरिएको पाँच श्ययाको अस्थायी कोभिड अस्पतालमा १५ श्या थप गर्न लागिइको हो । रावाबेँसी गाउँपालिकामा २० बेडको नयाँ आइशोलेसन निर्माण शुरु गरिएको जनाइएको छ । वडा नं।–१ कुभिण्डको हरम्टारमा साप्ताहिक हाट लाग्ने स्थानमा टिनले बार र टिनकै छाना हालेर निर्माणको शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए ।
बराहपोखरी गाउँपालिकामा दश बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिए । सूचना अधिकारी पोखरेलका अनुसार गाउँपालिकाको बुधबार बसेको बैठकले वडा नं। ४ धर्तुङस्थित बालकन्या माविमा दश बेडको आइसोलेसन सेन्टर स्थापना निर्णय गरेको हो ।
जन्तेढुङ्गा गाउँपालिकामा भने आइसशोलेसनका लागि उपयुक्त स्थानको अभाव भएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । । आवश्यक व्यवस्थापन गरिने उनको भनाइ छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्ना गाउँपालिका प्रवेश गर्नेलाई अनिवार्य पीसीआर रिपोर्ट पेश गरेरमात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ८४ जनामा संक्रमण देखिएको जनाइएको छ । पहिलो चरणमा ७१ जनामा संक्रमण देखिएको जिल्लामा नयाँ भेरियन्टसहित देखा परेको कोरोना भाइरसको संक्रमण १३ जनामा देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसि० खोटाङका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
संक्रमित सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।संक्रमितमध्ये चार जना कोभिड अस्पताल भर्ना भएका छन् भने बाँकी सबै होम आइशोलेशनमा रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार