होम आइसोलेसनका संक्रमितलाई घरमै उपचार
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार ०:११:४०
२६ वैशाख,बाँके । नेपालगञ्ज उपमहानगरपालिका १ ले होम आइसोलेसनमा बसेका संक्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा. पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ ।
चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरी औषधि तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष प्रमोद रिजालले बताए । उनका अनुसार अक्सिजन चाहिएमा वडाले घरमै व्यवस्थापन गर्ने, थप उपचार आवश्यक पर्ने संक्रमितलाई उपमहानगरले सञ्चालन गरेका अक्सिजनसहितका आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनमा पठाउने गरिएको छ ।
उपचार गर्न जाँदा संक्रमितलाई स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराइन्छ । नेपालगञ्ज१ को होम आइसोलेसनमा अहिले करीब १५० जना सक्रिय संक्रमित छन् । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले वडा नं १ मा शुरु भएको चिकित्सकसहितको स्वास्थ्य टोली होम आइसोलेसन पुगेर उपचार गर्ने सेवा नगरका सबै वडामा विस्तार गरिने बताए ।
यसैबीच उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले नगरवासीले भण्डारण गरेको अक्सिजन ग्यासको खोजी शुरु गरिएको बताए । अस्पतालमा अक्सिजन ग्यासको अभाव भइरहेको बेला नगरवासीले घर तथा कलकारखानामा अक्सिजन सिलिण्डर भण्डारण गरेर नगरका आइसोलेसन र अस्पतालमा अक्सिजन अभाव हुन नदिन खोजी अभियान शुरु गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार