नेपाल इन्स्योरेन्सको मुनाफा १७ करोड, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १६:४७:५५
२८ वैशाख, काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड १ लाख रुपैयाँ मुनाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.८८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ मुनाफा गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले चैत मसान्तसम्ममा पुनर्बीमा व्यवसायबाट कमिशन बापत ११ करोड ५० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनी हालसम्म १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार