गुराँस लाइफ इन्स्योरेन्सको मुनाफा साढे २४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १४:५६:४४
२९ वैशाख, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुराँस लाईफ इन्स्योरेन्सले १० करोड ४२ लाख ९३ हजार मुनाफा गरेको छ । गत वर्ष कम्पनीले ८ करोड ३७ लाख ६० हजार मुनाफा गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा यस वर्ष कम्पनीले २४ दशमलव ५१ प्रतिशत बढी मुनाफा गरेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १२२ दशमलव ६८ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। १ अर्ब ३६ करोड ९३ लाख १५ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी ४० प्रतिशत र कुल खर्च ८४ प्रतिशत बढी भएको छ । कम्पनीले यस वर्ष १५ करोड ८० लाख ६३ हजार कुल आम्दानी र ५ करोड ३७ लाख ७० हजार कुल खर्च गरेको हो ।
हकप्रद र बोनस शेयर मार्फत पूँजी वृद्धि गरी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार कायम भएको छ । कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ७९ प्रतिशत बढी छ । गत वर्ष ३६ करोड ६३ लाख ४३ हजार रहेको जगेडा कोष रकम यस वर्ष ५२ करोड ३१ लाख १४ हजार पुगेको हो । बीमा कोष रकम पनि ४२ प्रतिशत बढी १० अर्ब ११ करोड ९३ लाख ५७ हजार कायम भएको छ ।
कम्पनीले बीमालेख धितोमा ९७ करोड ६ लाख ५९ हजार प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बीमालेख धितोकर्जा ९३ दशमलव ४६ प्रतिशत बढी प्रवाह भएको हो । वार्षिक प्रतिशेयर आम्दानी ७ दशमलव शून्य ४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ दशमलव ३१ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार