पत्रकार चन्द्रकलालाई कोभिड बीमावापतको रकम हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:५८:५२
२९ बैशाख, काठमाडौं । मिसन मिडिया क्लबले नेपाल पत्रकार महासंघ भक्तपुरका कोभिड संक्रमित पत्रकार चन्द्रकला क्षेत्री भगवतीलाई कोभिड बीमावापतको रकम हस्तान्तरण गरेको छ ।
यसअघि क्लबले संक्रमित पत्रकारलाई जनही एकलाख रुपैया उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णय अनुसार समितिले स्थापना गरेको कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि क्लबको तर्फबाट बीमित पत्रकारसँग दश हजार कट्टी गर्दै बीमा रकम हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष एवम् प्रदेश समितिका तत्कालीन महासचिव श्रीजन झाको अगुवाइमा महासंघ उपत्यका प्रदेश समिति आबद्ध प्रदेश मातहतका काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका ११९ पत्रकारको पत्रकार कोभिड बीमा गरेको थियो ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले फोटो पत्रकार चन्द्रकलालाई हिजो २८ गते उपत्यका प्रदेश समितिको कार्यकक्षमा बीमावापतको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष झाले आफुले पाउने बीमावापतको रकम मध्ये दशहजार राहत कोषमा योगदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै उहाँको सुस्वास्थ्यको कामना गरेका थिए । कार्यक्रममा प्रदेश समितिका सचिव रोशनराज पाण्डे फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार