एभरेष्ट इन्स्योरन्सको मुनाफा १८.६१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १७:२०:४
३१ वैशाख, काठमाडौं । एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड ८१ लाख रुपैयाँ मुनाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.६१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ६४ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा र मुल्य आम्दानी अनुपात ३५.९७ गुणा रहेको छ ।
कम्पनीले ८३ हजार २८९ वटा बीमालेख जारी गरि ७८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै कम्पनीले यस अवधिमा ४ हजार १५७ वटा दाबी बापत ६८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ८६४ वटा दाबी बापत १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार