शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने, पायो इक्रा एपीआरए रेटिङ
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:२७:४७
२ जेठ, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको हो । इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्रा एपीआरए रेटिङ प्रदान गरेको छ ।
कम्पनीको क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसेकको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय बीमा समितिबाट पनि स्वीकृति पाएको जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी २ अर्ब २८ करोड पुग्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएसँगै शेयर मूल्य आइतवार यो समाचार तयार पार्दाको अवधि ११ः४० बजेसम्ममा ८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । योदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ हजार ९० पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार