कोरोना संक्रमितलाई होम आइसोलेशनमै स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २०:५५:३६
२ जेठ,राँझा । तीव्रगतिमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको होमआइसोलेशनमै स्वास्थ्य सेवा अभियानमा चिकित्सक संघले साथ दिएको छ ।
नेपालगञ्जमा होम आइसोलेशनमा बसेका संक्रमितको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पु¥याउन जनप्रतिनिधले सञ्चालन गरेको अभियानलाई साथ दिँदै चिकित्सक संघले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई परामर्श दिन चिकित्सक परिचालन गरेको छ ।
नेपालगञ्जका २३ वटै वडामा होम आइसोलेशनमा बसेका सङ्क्रमितको परामर्शका लागि चिकित्सक तोकिएको संघका अध्यक्ष डा विनोद कर्णले बताए । उनका अनुसार चिकित्सक संघले वडा नं १ मा डा विजयप्रसाद प्रधान, २ मा डा. आशिम किदवाई, ३ मा डा. अल्तवान राही, ४ मा मधु अर्याल, ५ मा शङ्कर केसी, ६ मा डा. विष्णु थापा, ७ मा अच्युत ज्ञवाली÷सुभाष योगी, ८ मा डा. विनोद कर्ण, ९ मा डा. निर्मल शाक्य, १० मा डा. विपिन आचार्य, ११ मा डा. पियुस कनोडिया र १२ मा डा. सङ्केत रिसाल, १३ मा डा. शिवम खेतान, १४ मा डा. राजेशकुमार मण्डल, १५ मा डा. विनोद डङ्गोललाई परिचालन गरिएको छ ।
यसैगरी वडा नं १६ मा डा. रजनी केसी शाह, १७ मा डा. पारस श्रेष्ठ, १८ मा डा. राजन पाण्डे, १९ मा डा. कुलदीप गोइत, २० मा डा. अनुप रनोत्रा, २१ मा डा. रोमा बोरा, २२ मा डा. सकिल अहमद र २३ मा डा खगेन्द्रजङ्ग शाहलाई खटाएको छ । वडामा खटाइएका चिकित्सकलाई फोनबाट पनि परामर्श लिन सक्ने भएकाले त्यसअनुसार नै सबै चिकित्सकको मोबाइल नं उपलब्ध गराइएको संघका अध्यक्ष डा. कर्णले बताए ।
बाँकेमा ठूलो सङ्ख्या होम आइसोलेशनमा रहेका छन् । होम आइसोलेशनमा बसेकाहरु अन्तिम अवस्थामा अस्पताल आउँदा जोखिम बढेको छ । कतिपयको होम आइसोलेशनमै मृत्यु भएको छ । जिल्लामा करीब चार हजार सक्रिय संक्रमित विभिन्न संस्थागत तथा होम आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका छन् । करीब तीन हजारभन्दा बढी सङ्क्रमित होम आइसोलेशनमा रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए ।
लक्षण चिह्न नदेखिएकालाई होम आइसोलेशनमै बस्न र चिकित्सकसँग परामर्श लिन यसअघि नै केही वडाले त्यस्तो व्यवस्था मिलाइसकेका छन् । लक्षण नभएका र अस्पतालमा श्यया अभाव भएका कारण होम आइसोलेशनमा बस्न बाध्य संक्रमितको अवस्थालाई दृष्टिगत गरी आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताए ।
बाँकेमा उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले होम आइसोलेशनमा बसेका संक्रमितलाई घरमै स्वास्थ्य सेवा पु¥याउन थालेका छन् । नेपालगञ्जमा चिकित्सकीय परामर्शसहित स्वास्थ्यकर्मीको टोलीले घरमै स्वास्थ्य लाभ गरिरहेका संक्रमित बिरामीको स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठ, मेडिकल कलेजमा कार्यरत नर्सिङ अधिकृत सुमन गिरी लगायतको स्वास्थ्यकर्मीको टोलीले संक्रमित बिरामीको घरघरमै पुगेर उनीहरुको अवस्था बुझ्ने गरेको उपमहानगरपालिकाका प्रवक्ता रिजालले बताए ।
उनका अनुसार संक्रमित बिरामीलाई स्वास्थ्य उपचार, परामर्शसँगै स्वास्थ्य सामग्री, पल्स अक्सिमिटर, थर्ममिटरलगायत वितरण गरिएको छ । चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरी औषधि तथा एक्स–रेलगायत अन्य परीक्षणको सिफारिस गरे वडा कार्यालयले निःशुल्क उपलब्ध गराउनेछ ।
संक्रमितको घरमा पुगेर चिकित्सकसहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गरेको छ । गम्भीर बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा सफिारिस तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजनसमेत व्यवस्थापन गरिदिने उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामवहादुर चन्दले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
निर्वाचनलाई लक्षित गरेर जमुनाहा नाका तीन दिनका लागि बन्द
बैशाख २९, २०८१ शनिबार
गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार