लुम्बिनीका ४ सांसदको रिट सर्वोच्च अदालतमा दर्ता
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २३:२७:५६
२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ लुम्बिनी प्रदेशका ४ सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । जसपाको डा. बाबुराम भट्टराई—उपेन्द्र यादव पक्षले गरेको कारबाहीको आधारमा लुम्बिनी प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका ४ सांसदको रिट सर्वोच्च अदालतमा आइतबार दर्ता भएको हो ।
जसपा विवादकै बीच प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका पाण्डेयसँगै विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेयलाई भट्टराई–यादव पक्षको कारबाहीलाई आधार मानेर प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।
पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारबाही नगरेको जिकिर गरेका थिए । तर, पनि सभामुखले घर्तीले कारबाही सदर गरेका थिए । लगत्तै ४ सांसदको पद गुमेको थियो । सो निर्णयविरुद्ध रिट लिएर उनीहरु सर्वोच्च आएका थिए । तर उनीहरु आउँदासम्म काठमाडौंमा निषेधाज्ञा लागेर अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने भएपछि बुझाएर फर्किएका थिए ।
सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरुको पनि सुनुवाइ र रिट दर्ता हुने भएपछि उनीहरुले उत्प्रेषणको आदेशबाट प्रदेश सभाको कारबाही बदर होस् भन्ने रिट दर्ता भएको हो । पदमुक्त उनीहरु सबै अहिले प्रदेश सरकारका मन्त्री बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार