लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १७:२२:२८
३ बैशाख, बीरगञ्ज । सीमा नाका सिल भएपनि पर्साको भिस्वा नाकाबाट व्यापकरुपमा कबाड, जुटको बोरा , हाडवेयर, लत्ताकपडा ,मोटर , मरिच लगायतका सामानको व्यापकरुपमा तस्करी भईरहेको छ ।
सीमा नाका सिल भएपनि पर्साको भिस्वा नाका भन्दा करिब १०० मिटर नजिकै रहेको प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरीको मिलोमतोमा भिस्वाबाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा मटर, मरिच, छोकडा, जुटको बोराको ठूलो मात्रामा तस्करी भैरहेको समाचार प्राप्त भएको छ ।
प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) प्रमोद साह र सशस्त्र प्रहरी बीओपी। गण तथा बाहिनीका केही हाकिमहरुलाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन पाउनेमा शशिकान्त कुशवाहा र स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोकडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु जैसवाल रहेका छन् ।
अहिले भिस्वा नाकाबाट काम गर्ने कबाड तस्कर शशिकांत कुशवाहा, ,चाईनीज स्याउ तस्कर मुना जैसवाल, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालहरुसँग सशस्त्र प्रहरीको भिस्वास्थित रहेको बीओपीका इन्सपेक्टर सञ्जीव बानियाँ र प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक साहद्वयले लाखौं रुपैयाँको नजराना बुझी तस्करीको लाईन दिएको नाम नछाप्ने शर्तमा एक तस्करले बताएका छन् ।
१३ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का आएको दिनदेखि नै यी तस्करहरुले मासिक ठूलो रकम दिएर निर्वाध रुपमा लाइन चलाएको दावी समाचार स्रोतको छ ।
भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ । सो गोदामको छेउछाऊमै प्रहरी चौकी रहेपनि रातिको समयमा प्रहरी र सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्थानीयहरु दावी गर्छन।
त्यसैगरि ,मुमताज हुसेन, सहिद आलमले कवाड र जुटको बोरा तस्करीवापत लाखौं रुपैयाँको नजराना बुझाई रातिको समयमा १० वटा ट्याक्टरमा लोड गरि भिस्वा नाकाबाट कटाउने गरेका छन् । यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।
उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले देख्ने गरेका छन् । यस्ता गतिविधितर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार