सरकारी गाडीमै काठ तस्करी:- वन कर्मचारीमाथि दवाव र प्रभाव चर्को
नेपालबहस संवाददाता
जेठ ३, २०७८ मंगलबार ०:३१:५३
३ बैशाख, बारा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानीय निकायमा यतिबेला सरकारी गाडीको चरम दुरुपयोग भैरहेको छ । पछिल्लो समय मात्रै एउटा सरकारी गाडीले अवैध काठ ओसारपसार गर्दागर्दै सशस्त्र प्रहरीको कब्जामा परेको छ ।
तस्करीका आआफ्नै रुप छन् । तर कोरोना संक्रमण नियन्त्रणको जालो तोड्न जारी निषेधाज्ञा (लकडाउन) का बीच सरकारी गाडीमा यसरी काठ तस्करी गरिनु कत्तिको जायज होला ? त्यो पनि जनप्रतिनिधि र सरकारी कर्मचारी कै मिलेमतोमा भन्ने सोचनीय विषय बनेको छ ।
प्रसङ हो, बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको । सरकारी गाडीमा काठ तस्करी हुने गरेको सुचनाको आधारमा सशस्त्र प्रहरी बलको रिजर्भ नं. ४० गण पिलुवा बाराले हिजो राती १३ थान सालको चिरान काठ करिब १० क्यूविक अबैध काठ र ट्रिपर बरामद गरेको छ ।
जीतपुर सिमरा उपमहानगर पालिकाको ना १ ग ७६२ न. को सरकारी गाडीमा अबैध काठ, ट्रिपर र चालक शुशील चौधरी पक्राउ परेको सशस्त्र प्रहरी गणका एसपी मनोज थापाले नेपालबहस डटकमलाई बताए ।
एसपी थापाका अनुसार सोही ट्रिपरमा सवार एकजना कर्मचारी भने प्रहरीको चेकिङ देखेपछि हामफालेर भागेको तर उसको मोवाइल भने बरामद भएको जानकारी दिए । प्रारम्भिक बयानपछि सो ट्रिपर, काठ र चालकलाई जिल्ला वन कार्यालय सिमरा बारामा बुझाईएको एसपी थापाले बताए । कागजपत्र केही पनि नभएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले उसैलाई जिम्मा लगाइएको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि र कर्मचारी नै यो तस्करीमा संलग्न रहेको सुनिन्छ नि भन्ने नेपालबहसको प्रश्नमा उनले आफूले पनि त्यस्तो हल्ला सुनेको बताउँदै थप अनुसन्धान वन कार्यालयले गर्ने भएकोले वास्तविकता उतै बुझ्न आग्रह गरे ।
जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं. १६ मा पर्ने टाँगिया बस्तीबाट उक्त काठ सो सरकारी गाडीमा लोड गरी ल्याइएको हो । लकडाउनका बेला यसरी काठ तस्करी पटकपटक भैरहेको भएतापनि पक्राउ परेको भने पहिलो पटक हो । सशस्त्र प्रहरीले पक्राउ गरेको सो ट्रिपर र पालिकाकै अर्को १० चक्के सरकारी ट्रिपर ना १ ज ७३३ बाट पनि बिगतमा धेरै पटक काठ तस्करी हुने गरेको स्थानीयले दावी गरेका छन् । १० चक्के सो ट्रिपर पालिकाको फोहोरमैला बोक्न प्रयोग हुँदै आएको छ । उक्त गाडीमा यसबीचको अवधिमा २ पटकसम्म त्रिपालले छोपेर सालको काठ तस्करी हुने गरेको दावी हाम्रो समाचार स्रोतले गरेको छ । हिजो पनि उक्त १० चक्के ट्रिपरसहित तेस्रोपटक टाँगिया गाँउमा लगिएको तर लोड भने एउटा गाडीमा मात्र भएको बताइएको छ ।
यसरी लगातार काठ तस्करीमा संलग्न हुनेहरुमा उपमहानगरपालिकाकै सवारी साधन हेर्ने ईन्चार्ज बिर्जु लामा, प्रमुख कार्यकारी अधिकृत चेतप्रसाद पोखरेल, उनका ड्राइभर बच्चासिंह दनुवार र सोही वडाका वडाध्यक्ष केदार बजगाई रहेको दावी समाचार स्रोतले गरेको छ । सो दिन पनि काठको पैसा भूक्तानी गर्न कर्मचारी बिर्जु लामा स्पेलण्डर बाइकमा टाँगिया बस्तीमा गएको तथा पक्राउ गाडीलाई स्कटिङ गर्दै आएपनि सशस्त्रले रोक्ने बित्तिकै बिर्जुसहितका दुईजना भागेको तथा सोही ट्रिपरमा आएका कार्यकारी अधिकृत पोखरेलका ड्राइभर दनुवार भने मोवाइल गाडीमै छोडेर फरार भएको पक्राउ पर्ने ड्राइभर शुशील चौधरीले सशस्त्र प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् ।
पक्राउ परेका ड्राइभर चौधरीले दिएको बयानका अनुसार १६ नं. का वडाध्यक्ष बजगाईले आफै बसेर ट्रिपरमा उक्त बरामद काठ लोड गराएका थिए । साथै उक्त सालको काठ कार्यकारी प्रमुख पोखरेलको काठमाडौंमा बन्दै गरेको घरका लागि लान लागिएको बताएका छन् । पहिलो र दास्रो ट्रिप यसअघि नै पास भैसकेकोले यो तेस्रो ट्रिप भएको उनको स्वीकारोक्तो थियो ।
नगरका प्रमुख कार्यकारी अधिकृत चेतप्रसाद पोखरेलको निर्देशनमा गाडीमा काठ लोड गरिएको उनकै चालक बच्चासिंह दनुवारले पनि बताएको समाचार स्रोतले दावी गरेको छ । जीतपुर सिमरा १६ का वडाध्यक्ष बजगाईको निर्देशनमा काठ तस्करीमा सहयोगी हुनेहरुमा टाँगिया पुरानो स्कुल चोकबाट पश्चिम् टोलका मदन बम्जन, तिलक जिम्बा र पुकार लामा रहेको एक स्थानीयले बताएका छन् । उनीहरुले नै सो स्थानबाट काठ लोड गर्ने गरेको बताइन्छ ।
पक्राउ परेका आफ्नै ड्राइभरले वडाध्यक्ष र कार्यकारी अधिकृतलाई पोलेपछि यतिबेला वन कार्यालयका कर्मचारीमाथि अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास भैरहेको बताइएको छ । वडाध्यक्ष बजगाई र पोखरेललाई बचाउन ठूलै आर्थिक चलखेल र राजनीतिक दवाव वन कार्यालयमाथि परेको दावी समाचार स्रोतको छ । यसबारे नेपालबहसले राखेको जिज्ञासामा वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले कुरा चपाउँदै बोल्न आनाकानी गरेका छन् । प्रमुख मञ्जुरले आजैबाट ७ दिनको म्याद थपी अनुसन्धान शुरु भएको जनाउँदै सबै कुरा अनुसन्धान अधिकारीलाई जिम्मा दिइएको बताए । तस्करीमा संलग्न थप मान्छेहरुको खोजी गरी पक्राउ गर्ने ,बयान लिने लगायतका काम भैरहेकाले आफूहरु कुनैपनि दवाव र प्रभावमा नपरी कानुनी प्रक्रिया अनुसार अघि बढ्ने उनले दावी गरे ।
वडाध्यक्ष, कार्यकारी प्रमुख तथा अन्य कर्मचारीको संलग्नता बारे पक्राउ परेका ड्राइभरको बयान र बरामद दुईवटा मोवाइलको कल रेकर्ड निकालेर अनुसन्धान गर्दा प्रष्ट हुने बताइएको छ । यस सम्बन्धमा वडाध्यक्ष बजगाईले भने आफूलाई यसबारे कुनै पनि कुरा थाहा नभएको दावी गरे । टाँगिया आफ्नो एरियामा नै पर्ने भएकाले स्थानीयबासीहरु कोरोना संक्रमणमा परेका कारण हिजो बिहान पनि निरीक्षण गर्न गएको बताए । स्थानीयको अनुरोधमा बाटो खाल्टाखुल्टी भएकाले माटो तथा ग्राभेल भर्न आफैले कार्यकारी प्रमुखलाई फोन गरी उक्त ट्रिपर मगाएको स्वीकारदै आफू दिउँसो ४ बजे पुन ग्राभेल भर्ने ठाउँ देखाउन मात्र गएको बताए ।
त्यसपछि ती ड्राइभरले के कसो गर्छन, आफूलाई जानकारी नहुने दावी गर्दै ड्राइभरले राती मान्छे मार्ला रे ! के म जिम्मेवार हुन्छु र भन्ने प्रतिप्रश्न गरेका छन् । पक्राउ परेको ड्राइभरले त तपाई र कार्यकारी प्रमुखलाई पोलेको छ रे नि भन्ने जिज्ञासामा उनले भने, रे का कुरा न परे । राजनीतिमा आफू अगाडि बढ्न बिरोधि मान्छेहरुले आक्षेप लगाउने गरेको बताउँदै वडाध्यक्ष बजगाईले भने, विभिन्न कोण र तरिकाबाट आरोप लगाउने गरेको दावी गरे । आफूलाई बदनाम गर्न एकथरी मान्छेहरु लागेको बताउँदै काठ तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टाए ।
सरकारी गाडीबाटै काठ तस्करीको गम्भीर घटना सार्वजनिक भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलसँग हामीले प्रतिक्रिया माग्दा उनले भने , यो अत्यन्त गम्भीर घटना हो , त्यसका बारेमा थप अध्ययन अनुसन्धान अघि बढ्छ, ग्राभेलका नाममा काठ तस्करी हुनु ठूलो बदमासी हो । प्रमुख प्रशासकीय अधिकृत काठमाडौैं भएकाले छिटो आउन भनेको बताउँदै नगरप्रमुख पौडेलले भने, म त्यस्तो किन गर्न दिन्थे र ? मेरो व्यक्तिगत स्वार्थ केही छैन् । दोस्रो पटक हो भन्ने सुने , तपाईको समाचार सत्यको नजिक छ । वन कार्यालयले अनुसन्धान गरेको अन्तिम रिजल्टपछि थप एक्सन लिन्छौ । आन्तरिक छानविन पनि गर्छौं, उनले दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार