जीवन बीमा कम्पनीः तेस्रो त्रैमासमा सबैभन्दा धेरै मुनाफा गर्नेको पहिलो नम्बरमा नेपाल लाइफ, अन्यको अवस्था कस्तो ?
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २३:४७:२७
४ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा जीवन बीमा कम्पनीहरूले ३ अर्ब २० करोड ८८ लाख मुनाफा कमाएका छन् । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीहरूको उक्त मुनाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ०८ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरूले २ अर्ब ६९ करोड ४६ लाख मुनाफा कमाएका थिए ।
तेस्रो त्रैमासिकसम्म अधिकांश कम्पनीको मुनाफा, प्रतिशेयर आम्दानी, खुद बिमा शुल्कलगायतका प्रमुख सूचकहरुमा विस्तार भएको छ । पुँजी सबैभन्दा बढी भएको नेपाल लाइफ प्रमुख सूचकहरुमा पनि अगाडि आएको छ ।
त्यस्तै, यसै वर्ष आईपीओ जारी गरेका ३ कम्पनीले पनि आक्रामक रुपमा बजार विस्तार गरेका छन् ।
हेरौं कुन जीवन बिमा कम्पनीको अवस्था अहिलेसम्म कस्तो ?
सबैभन्दा धेरै मुनाफा कमाउनेको पहिलो नम्बरमा नेपाल लाइफ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै मुनाफा गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको तुलनामा ८.३६ प्रतिशतले ले मुनाफा वृद्धि गरी ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ ।
यसअवधिमा १० वटै कम्पनीको खुद नाफा बढेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । यसको मुनाफा १४८.३३५ ले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार