गैरआवासीय संघद्धारा अक्सिजन सिलिण्डर सहयोग
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार १६:५१:१
५ जेठ,नवलपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।
गैरआवासीय नेपाल संघ दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले सङ्कलन गरेको रु दुई लाख पाँच हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो । अक्सिजन अभावका कारण कोभिड संक्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले बताए । एनआरएनए दक्षिण अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरी कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी ९पूर्व० र नवलपरासी ९पश्चिम० गरी १० जिल्लालाई ४५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको पौडेलले बताए ।
यस अभियानमा एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाइमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिक्मत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एनसीसीका बन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली बस्याल, प्रभा बस्याललगायत क्रियाशील रहेका छन् ।
अक्सिजन सिलिण्डर ग्रहणपश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आफ्नै रोजगारी अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार