वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ बुङ्मतीमा
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बिहिबार २:४७:५९
५ जेठ, ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती पु¥याइएको छ । करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै बुङ्मती लागिएको हो ।
अपराह्न ३ बजे खटमा हालेर ५ बजे बुङ्मती पु¥याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “यहाँ मच्छिन्द्रनाथ मन्दिर निर्माणाधीन अवस्थामा रहँदा अस्थायी मन्दिरमा ल्याएर राखेका छौँ ।” खोकना दोबाटोबाट सो मन्दिरसम्म लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुङ्मतीवासीले संक्रमणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै स्वागत गरेको शाक्यले जानकारी गराए ।
संघका पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने उनको भनाइ थियो । हालको कोरोना कहरबीच पनि संस्कार र संस्कृति मास्नुहुन्न भन्ने सोचअनुरुप केही विधि पु¥याएर मच्छिन्द्रनाथलाई बुङ्मती पठाउन सफल भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले खुशी व्यक्त गरे ।
बिहान ६ बजेर ५० मिनेटदेखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिक रुपमा हल्लाउने काम गरिएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार