शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणमा लाग्न गृहमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १९:३२:५
६ जेठ,मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।
उनले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पु¥याउन आग्रह गरे ।
मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हरप्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गरे ।
मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पु¥याउनैपर्ने सेवाको लागि सामान्यरूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिएका थिए । गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार