लुम्बिनीमा कोभिड न्यूनीकरण योजना बनाइँदै
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २०:३:४०
६ जेठ,रामपुर । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले सरकार कोभिड –१९ न्यूनीकरणमा केन्द्रित रहेको बताएका छन् । स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि आफ्नो जन्मथलो पाल्पाको रामपुरमा आएका उनले कोभिडको खतराबाट बच्नका लागि प्रदेश सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन हिसाबले योजना बनाइरहेको जानकारी दिए ।
प्रदेशमा अहिले अक्सिजनको माग झण्डै तीन हजार पाँच सय सिलिण्डर रहेकामा उत्पादन झण्डै दुई हजार एकसय सिलिण्डर रहेकाले नपुग आपूर्तिका लागि बाहिरबाट समन्वय गरेर ल्याउने योजना भइरहेको उनले बताए । उनले कोभिड अस्पताल, रामपुर अस्पतालको पचास शय्याको निर्माणाधीन भवन, पन्ध्र शय्याको आयुर्वेद अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको अनुगमन तथा निरीक्षा गर्दै जिल्ला अस्पताललाई अक्सिजन प्लान्टका निम्ति रु एक करोड पचास लाख बजेट उपलब्ध गराइएको जानकारी दिए ।
उनले कोभिड रोकथाम र संक्रमितको उपचारका निम्ति एचडियुका लागि पनि रकम आइसकेको बताए । विभिन्न सामग्री र अक्सिजन खरीदका लागि रामपुर अस्पताललाई रु १५ लाख प्रदेश सरकारबाट प्रदान गरिएको जानकारी दिँदै उनले अस्पतालमा सञ्चालित कोभिड कक्षका लागि दिनमा कम्तीमा पनि एक सय सिलिण्डर मागपूर्तिका लागि उपयुक्त प्रस्ताव माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार