पुथाउत्तरगंगामा यस वर्ष स्याउ उत्पादन बढ्ने
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २०:११:१९
६ जेठ,रुकुमपूर्व । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपलिकामा यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने भएको छ । गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ ।
कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयम्सेवक र सम्बन्धित वडाका जनप्रतिनीधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिए । गत वर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति गरेन भने यस वर्ष ८० देखि सय टनसम्म उत्पान हुने अनुमान छ ।
गाउँपलिकाको २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ । वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रुपमा विकास गरी काम गरिरहेको ओलीले बताए । अन्य वडामा पनि स्याउ पाइन्छ । स्याउ प्रशस्त मात्रामा पाइने गरेका भएपनि बजारीकरणको भने समस्या छ । सडक सुविधा नपुगेको त्यस ठाउँका मानीसले घोडा, खच्चडमार्फत स्याउ ढुवानी गर्दै आएका छन् भने कतीपयको स्याउ बारीमै कुहिने गरेको छ ।
गाउँपालिकाले ढुवानीमा अनुदान भनेर यस वर्ष चार लाख रुपैयाँ छुट्याएको छ । यस वर्ष लगाएका बिरुवाको अनुगमन गरिएको छ । लगाएका बिरुवामा २० दे्खि २५ प्रतिशत खडेरीको कारण मरेका छन् । बिरुवा ढिला आएको र कृषकले पनि लगाउन ढिला गरेकोले बिरुवा मरेको बताइएको छ । तत्काललाई बिरुवामा कुनै रोग देखिएको छैन् । स्याउको दाना पनि राम्रो लागेको प्रतिवेदनमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार