ओलीकै नेतृत्वमा जसपाको ठाकुर र महतो पक्ष आजै सरकारमा सहभागी हुँदै
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १५:१८:४९
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादीका नेता महन्थ ठाकुर बीच भएका सहमति अनुसार अब जसपा आजै ओलीको नेतृत्व सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्रालाई संविधानको धारा ७६ को ५ अनुसार पुनः प्रधानमन्त्री दावी पेश गर्न सघाएको जसपाले उक्त सहमति सार्वजनिकपछि औपचारिक रुपमा ओलीलाई सहयोग गर्ने र संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने घोषणा गर्दैछ । आज दिउँसो सहमति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ। नागरिकता सम्वन्धि अध्यादेश जारी गर्न मन्त्रीपरिषदबाट स्वीकृत गरी राष्ट्रपति कार्यालयमा पठाइएको छ । केही कैदीबन्दी रिहाइ गर्दै रेशम चौधरी रिहाईको प्रक्रिया अघि बढाइएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा अधिकांश मागमुद्धा संबाेधन गर्नु भएको छ अब उहाँलाई साथ नदिनु राजनीतिक बेइमानी हो अब उहाँलाई साथ दिने निर्णय गर्छ र हामी सरकार पनि जान्छौ ।’ ठाकुर निकट जसपा नेताले भने । उनले संविधानको धारा ७६ को ५ अनुसार आजै ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने र त्यसमा जसपा पनि सहभागी हुने उनले बताएका छन् ।
बालुवाटार स्रोतका अनुसार आज बेलुका ५ बजेपछि राष्ट्रपति बिद्यादेवी भाण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को ५ अनुसार पुन; प्रधानमन्त्री नियुक्ती गर्ने र त्यसपछि ओलीको नेतृत्वमा जसपाको ठाकुर र महतो पक्ष सरकारमा सहभागी हुने छ।
त्यसका लागी ठाकुर र महतोको साथ लिएर प्रधानमन्त्री ओलीले ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दावी पेश गरी सकेका छन् । प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिले बेलुका ५ बजेसम्मको समयसीमा दिएकी छन् । ओलीले जसपाले राखेका नागरिकता कैदीबन्दी रिहाई मागहरु संबाेधन गरेपछि महन्थ र ठाकुर पक्ष उनको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भएको हो । यसका लागि जसपाको ठाकुर महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा उपेन्द्र यादव पक्षलाई भने खबर गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार