३५ कोरोना संक्रमित महिलाले दिए सन्तानलाई जन्म
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १९:२३:५
७ जेठ,काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन् ।
दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ । वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ । बाहिरबाटै कोभिड भएर आएका वा अस्पताल आएपछि पत्ता लागेका महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । उनले भने, “हामीले कोभिड भएका महिलालाई सेवा दिनेसँगै उनीहरुबाट अरुलाई सर्न नदिन व्यवस्था मिलाइएको छ ।”
अस्पतालले चार आइसियूसहित ८४ शय्या कोभिड लागेर आउने गर्भवतीका लागि छुट्टाएको छ । अस्पताल आउँदा नै लक्षण देखिएका र शङ्का लागेका बिरामीलाई अरुबाट छुट्टाइने गरिएको उपनिर्देशक अधिकारीले बताए । उनीहरु अरुबाट छुट्टाएर राखेर पीसीआर परीक्षण गरेर पोजेटिभ आएमा ‘आइसोलेसन’ शय्यामा राखिन्छ । उनले भने, “कसैलाई शुरुमा नदेखिएकालाई अस्पतालमा भर्ना गरिएपछि संक्रमण भएमा पनि पछि आइसोलेनमा राखिन्छ ।”
अस्पतालले थापाथलीस्थित भवन र कुपण्डोलस्थित भवनमा कोभिडका लागि शय्याको व्यवस्था गरेको छ । थापाथलीमा संक्रमित महिलाका लागि पाँच अक्सिजनसहितका शय्या गरी ३० शय्या छुट्टाइएको छ । त्यस्तै कुपण्डोलमा अक्सिजनसहित ५० शय्या (हाइ डिपेन्डेन्सी युनिट) रहेको छ । सो भवनमा आवश्यक चिकित्सकसहित टोलीको व्यवस्था छ । उपचारमा रहेका कुनै पनि बिरामीका लागि चार आइसियू कोभिडलाई छुट्टाइएको छ । संक्रमित गर्भवती महिलालाई प्रसूति सेवाका लागि छुट्टै कोठाको व्यवस्था मिलाइएको छ । उनले भने, “शल्यक्रियाका लागि पनि एउटा भिन्दै कोठा छ ।”
थापाथलीमा सुत्केरी र गर्भवती मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । कुपण्डोलस्थित ५० शय्यामा भने गर्भवतीसँगै अरु महिलालाई पनि राख्ने गरिएको अस्पतालले जनाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत अरु अस्पतालले त्यहाँ शय्या खाली नहुँदा महिलालाई पठाउने गरेको छ ।
अस्पतालमा कुपण्डोलमा १२ र १५ थापाथलीमा गरी अहिले २७ महिला संक्रमित छन् । कोभिड र अरु बिरामीलाई अस्पताल प्रवेश गर्नासाथ ट्रायलबाट छुट्टाउने व्यवस्था मिलाइएको उपनिर्देशक अधिकारीले बताए । शङ्का लागेका महिलालाई पिसिआर गरेर पोजिटिभ हुँदा आइसोलेसन र नभएमा सामान्य वार्डमा राखिने उनले जानकारी दिए । कुनै पनि महिला उपचारका लागि अस्पताल प्रवेश गरेपछि उनका परिवारको वा सम्पर्कका व्यक्तिलाई संक्रमण त्यसका आधारमा आवश्यक पर्ने व्यक्तिलाई पीसीआर गरिन्छ ।
पहिले लक्षण नदेखिएका महिलालाई पछि अस्पतालमा रहँदा ज्वरोलगायत कुनै किसिमको स्वास्थ्य समस्या देखिएमा पीसीआर गरेर कोभिड वार्डमा सारिने गरिएको छ । उनले भने, “सकेसम्म कोभिडका बिरामीलाई नन कोभिडसँग नजिक गराइँदैन ।”
सबै बिरामी र कुरुवालाई माक्स, भाइजर र दूरी कायम गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । एक तिहाइ कर्मचारी संक्रमित भए पनि सेवामा समस्या नपर्ने गरी व्यवस्था मिलाइएको छ । पहिलो कोभिडमा जसरी अहिले धेरै स्वास्थकर्मीलगायतका कर्मचारी संक्रमित छैनन् । स्वास्थ्यकर्मीलगायत कर्मचारी खोपका कारण र अघिल्लो वर्ष काम गरेकाले बढी सजग हुँदा अहिले संक्रमण कम सङ्ख्यामा देखिएको हो । स्वास्थ्यकर्मीले आआफ्नो घरघरमा आफन्त बिरामी भएको देखेकाले पनि सहयोग गर्नुपर्छ भन्ने भावना रहेको उनले बताए। उनले भने, “यसले गर्दा पनि अहिले काम गर्न सजिलो भएको छ ।”
अस्पतालमा केही समय पहिलेसम्म अक्सिजनको समस्या भए पनि अहिले समाधान हुन थालेको अस्पतालका उपनिर्देशक अधिकारीले बताए । उनका अनुसार अहिले बिस्तारै आवश्यकताअनुसार सिलिण्डर आउन थालेकाले समस्या समाधान भएको छ । अस्पतालमा अहिले एन–९५ माक्स अभाव हुनथालेको छ । उनले भने, “हामीले विभिन्न संस्थासँग पहल गरिरहेका छौँ ।”
बहिरङ्ग सेवासमेत निरन्तर गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा बहिरङ्ग सेवा अवरुद्ध गर्दा आकस्मिक सेवामा बढी चाप हुने भएकाले बहिरङ्ग सेवालाई नियमित गरिएको हो ।
गर्भवती अवस्थामा वा सुत्केरीमा कुनै पनि महिलाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले त्यही समयमा कोभिड हुँदा जोखिम बढ्ने उपनिर्देशक अधिकारीले बताए । अनुसन्धानले पनि यो अवस्थामा जोखिम भएकाले अझै बढी ध्यान दिनुपर्ने पाइएको उनले बताए । अरु संक्रमितजस्तै गर्भवतीमा संक्रमण भएमा निमोनिया, सास फेर्न कठिनलगायतका समस्या हुन्छ । आमा कोभिड भएपनि जन्मने बच्चालाई कोभिड हुने सम्भावना कम देखिएको छ । उनले भने, “आमा आफैँले बच्चालाई समाउँदा ख्याल गरेन भने मात्रै सर्नसक्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार