अक्सिजन प्लान्ट जडानका लागि सरकारको १७ करोड ८७ लाख निकासा
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २३:६:५९
७ जेठ,काठमाडौं । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पतालका लागि रु दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई रु एक करोड ५५ लाख, जिरी अस्पताललाई रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख तथा बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।
यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पताललाई रु ७५ लाख, खोटाङ अस्पताललाई रु ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि रु ७५ लाख, सूर्य विनायक अस्पतालका निम्ति रु ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका निम्ति रु एक करोड ५५ लाख प्रदान गरिएको छ ।
यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि रु दुई अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरूप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार