कोरोना उपचारमा सक्रिय काठमाडौं महानगर
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १७:३४:४६
८ जेठ,काठमाडौं । कोभिड–१९ बाट संक्रमितको उपचारका लागि काठमाडौँ महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौँमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो ।
शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको छ । आइसोलेशन सञ्चालन गर्न महानगर र अस्पतालबीच गत वैशाख २७ गते सम्झौता भएको थियो । अस्पतालको क्षमता ११८ श्ययाको हो । शुरुआतमा २५ श्ययाको एचडियु र २५ श्ययाको आइसोलेशनबाट सेवा थालिएको हो ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले महामारीमा जनताको जीवनरक्षाका लागि विकासका कामलाई रोकी स्वास्थ्य क्षेत्रमा लगानी बढाइएको बताए । अस्पतालले आयुर्वेदतर्फ सात कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ दुई कन्सल्टेन्टसहित १२ आयुर्वेद चिकित्सक, चार मेडिकल अफिसर, २२ नर्सिङ स्टाफ, दुई फिजियो थेरापिस्ट, १५ आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन पाँच र सफाइ तथा सहयोगी कर्मचारी २५ लाई आइसोलेशनका लागि खटाएको छ ।
त्यसैगरी शुक्रबारदेखि नै सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर पनि शुरु गरिएको छ । सेन्टर सञ्चालन गर्न विसं २०७७ कात्तिक १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । महानगरको आर्थिक अनुदानमा शुरु गरिएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । अहिले ८८ श्यया अक्सिजन र ९६ सामान्यबाट शुरु भएको हो । आवश्यकताका आधारमा ९६ श्ययालाई पनि अक्सिजनसहितको बनाउँदै लगिने बताइएको छ ।
महानगरपालिकाले अन्य ११ अस्पतालसँग सम्झौता गरी कोरोनाका बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण प्रदान गरिरहेको छ । महानगरको स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच केन्द्र बनाएर काम गरिरहेको महानगरपालिकाले हरेक दिन संक्रमितको सङ्ख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० मा पुष्टि हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । महानगरपालिकाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुइँकेलले भने ।
एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सो सेवा महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार