कैलालीका घरघरमा कोरोना संक्रमित,स्थानीयवासीमा त्रास
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १७:१७:३१
९ जेठ,कैलाली । दोस्रो लहरको कोभिड–१९ का संक्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ । कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताएन् ।
“कोरोनाबाट ज्यान गुमाउने र संक्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ”, स्थानीयवासी जोेशीले भनीन्, “अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ ।”
मन्टेश्वरी स्कूलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको कुरा सुनाए । । उनले भनीन्, “फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट मृत्यु भएकाहरुको हार्दिक श्रद्धाञ्जलिबाहेक केही हुँदैन, कुनै आफन्तले फोन गर्दा समेत अब कस्तो प्रकारको खबर सुनिन्छ भन्ने मनमा चिन्ता छाइरहन्छ ।”
गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन् । घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जानसमेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको उनले बताइन । “गत वर्ष कोरोनाका बिरामी गाउँमा नरहेको सुन्नमा आएकामा यसपालि त कोरोनाबाट गाउँमा केही व्यक्तिको मृत्यु भइसकेको छ । मन अझै अत्तालिन्छ”, उनले भनीन् ।
रोजगारीका लागि छिमेकी राष्ट्र भारत पसेकाहरु समेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमा नाका हुँदै केही व्यक्ति गाउँमा प्रवेश गरेपछि अझ डर, त्रास बढेको धनगढी–२ कै स्थानीयवासी हरि नेपालीले बताए । घर फर्केकाहरु होम आइसोलेशनमा छुट्टै नबसी घर परिवारसँगै बस्ने गरेको उनको भनाइ छ । उनले भने, “सतर्कता नअपनाउँदा स्थिति थप जटिल हुनसक्छ ।”
गाउँमा संक्मित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । समयमै सबैले सचेत हुन र सरोकारवालाहरुले यसमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार