दुई घण्टा हिँडेर पानी ओसार्छन काँडाचौरवासी
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १९:४९:८
९ जेठ,बझाङ । काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ । गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले चरम समस्या झेल्दै आएका छन् ।
स्थानीयवासी न्युमा धामी उमेरले ६० वर्ष पुगिन् । उनीले पानी बोक्दाका व्यथा भनीन् ,“कपाल पूरै फुलिसक्यो । यहाँ विवाह गरेर आएदेखि पानी बोक्न एकदिन खाली छैन । पानी बोक्दा बोक्दै बूढी भइसकेँ । दुई घण्टा हिँडेर पानी बोक्नुपर्छ । गोठमा गाईगोरु कराउँदैछन् । गाउँमा झगडा नभएको दिन छैन । गाउँको धारामा अलिअलि पानी आउँछ । त्यही भर्नका लागि लुछाचुँडी हुने गर्छ । पानीले दाजुभाइहरुसँग बोलचाल नै बन्द भएको छ ।”
त्यस्तै जसुली धामीले पानीको चिन्ताले रातभर निन्द्रा नलाग्ने बताउछिन् । उनले भनीन्, “पानीका चिन्ताले रातभर निन्द्रा नै लाग्दैन । पानी नभएकै कारण कतिपय दिन भोकै समेत बस्ने गरेका छौं । ठूलो परिवार भयो । पानी धेरै चाहिन्छ । दिनानुदिन एकजनालाई त पानीकै जिम्मा दिएर पानी मात्रै बोक्ने काम लगाउनु पर्छ । धेरै वर्षअगाडि गाउँमा घरधुरी कम थिए । पछिल्लो समय घर बढेसँगै वनजङ्गल पनि मासिँदै गएको र पानीको पनि मुहानहरु सुक्दै गएकाले पानी अभाव भएको छ । केही वर्षअगाडि गाउँमा धारा बनाउने भनेर सामान बोकेर हामीले गाउँसम्म ल्यायौँ । सामान बोकेको न त ज्याला पायौँ, न त धारा नै बन्यो ।”
काँडाचौर मात्र नभएर वडा नं ७ को भामचौरमा पनि उस्तै समस्या रहेको स्थानीयवासी धनबहादुर धामीले जानकारी दिए । पानी नभएका कारण कतिपय मानिसले बसाइँसराइ समेत गरेका छन् । ती दुई गाउँमा खानेपानीको समस्या अन्त्य गर्न प्रदेश र गाउँपालिकाले रकम छुट्याइएको केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार