सुदूरमा ५५ प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:२४:५०
९ जेठ,सुदूरपश्चिम । कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित पुष्टि भएका ४० हजार ५७३ मध्ये २२ हजार २५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् ।
संक्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् ४२८ जनाको मृत्यु भएको छ । जटिल अवस्थाका संक्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ । संक्रमण भएर पनि अवस्था सामान्य भएका अन्य संक्रमित संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत छन् ।
कोरोना भाइरसजस्तो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनको एकान्तवासमा छन् । गत वर्षको कोरोना महामारीमा पीसीआर विधिबाट मात्र लक्षण देखिएका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएकामा यस वर्ष पीसीआरका साथै एन्टिजेन विधिबाट समेत नमूना परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआरतर्फ एक लाख ७१ हजार ७६३ को नमूना परीक्षण भएकामा ३५ हजार ११९ मा संक्रमण भएको छ ।
एन्टिजेन परीक्षण पद्धतिबाट हालसम्म ३७ हजार ४६५ को नमूना परीक्षण गरिएकामा पाँच हजार ४५४ जनामा संक्रमण भएको पाइएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको छ । प्रदेशका कैलाली र कञ्चनपुर सबैभन्दा बढी प्रभावित छन् ।
तथ्याङ्क विश्लेषण गर्दा एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये तीन दशमलब ५५ प्रतिशत अर्थात् १९४ जनाको मृत्यु भएको छ भने पीसीआर पद्धतिबाट गरिएको परीक्षणमा संक्रमित फेला पर्नेमध्ये शून्य दशमलब ६६ प्रतिशत अर्थात् २३४ को मृत्यु भएको छ ।
प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को अहिलेसम्म भण्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार २२८ जनसङ्ख्याको मात्र कोरोना भाइरसको नमूना परीक्षण हुन सकेको छ । एन्टिजेन परीक्षण गएको वैशाखदेखि मात्र शुरु गरिएको थियो । प्रदेशभरिका विभिन्न १२ अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन भइरहेका बिरामीमध्ये पछिल्लो २४ घण्टामा जटिल अवस्थाका ४२ को सघन उपचार कक्षमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीको तथ्याङ्कका अनुसार कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि शनिबारसम्म ८१५ जना अर्थात् झण्डै ८६ प्रतिशत संक्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।
दोस्रो लहर फैलिएपछि सो अस्पतालमा ९४३ संक्रमित भर्ना भएका छन् । कोरोना फैलिएपछि हालसम्म उपचार व्यवस्थापनका क्रममा १४५ को मृत्यु भएको छ । मृत्यु हुने यो दर झण्डै १५ प्रतिशत हो । अस्पतालमा शनिबार १०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा नौजना भर्ना हुँदा दशजना उपचारपछि घर फर्किनुभएको छ । सघन उपचार कक्ष ९आइसियु०मा १६ जना उपचाररत छन् ।
अस्पतालको पीसीआर प्रयोगशालामा सङ्कलित स्वाबको नमूना परीक्षण गर्दा हालसम्म १६ हजार २२१ को नतिजा ‘पोजेटिभ’ आएको अस्पतालले उपलब्ध गराएको तथ्याङ्कमा छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जटिल अवस्थाका कतिपय बिरामी उपचारका लागि ढिलो गरी अस्पताल आउने गर्दा यस्ता बिरामीको ज्यान जोगाउन मुस्किल भइरहेको बताए ।
“उपचार व्यवस्थापनका लागि अस्पताल पुग्न जति ढिलो गरियो, त्यति मृत्युवरण हुने जोखिम छ”, उनले भने, “अस्पतालमा दोस्रो लहर फैलिएको शुरुको अवस्थामा अक्सिजनको अभाव हुँदा उपचार व्यवस्थापनमा देखिएको समस्या पछिल्लो हप्तादेखि अक्सिजन कन्सन्ट्रेटरको जडानसँगै हटेको छ ।”
सेती प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये हालसम्म २८ जना संक्रमित थप उपचारका लागि अन्यत्र सिफारिस गरिएका छन् । गत वर्ष कोरोनाको पहिलो लहर फैलिँदा कतिपय संक्रमितलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने गरिएको थियो । दोस्रो लहरपछि भने धेरै बिरामीलाई काठमाडौँ वा चितवन पु¥याउने गरिएको छ । यस्ता बिरामीको स्वास्थ्यमा सुधार भए÷नभएको तथ्याङ्क भने अस्तालसँग छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार