स्वास्थ्यमन्त्रीले गरे राप्ती स्वास्थ्य प्रतिष्ठानको निरीक्षण
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १७:५६:४१
१० जेठ,दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गरेका छन् । उनले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
उनले आइसियुसहितको सेवा सञ्चालनमा आएमा प्रतिष्ठान सबै हिसाबले बलियो हुने र उपचारका लागि दाङसहित राप्तीवासी बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पतालको सबै हिसाबले विकास गर्नुपर्ने बताए । उनले अब आउने बजेट कोभिड नियन्त्रण केन्द्रित हुने र प्रदेश सरकारले प्रतिष्ठानको बजेटका लागि सहयोग गर्ने जनाए ।
मन्त्री श्रेष्ठले कोभिडको महामारीमा प्रतिष्ठानले कोभिड र अन्य बिरामीको उपचार गरेकामा प्रतिष्ठानका उपकुलपति प्राडा सङ्गीता भण्डारीलाई धन्यवादसमेत दिए । उनले आइसियु, इमरजेन्सी, कोभिड आइसोलेशन कक्षलगायतको निरीक्षण गर्दै १० श्ययाको भेन्टिलेटरसहितको आइसियु तत्काल सञ्चालन गर्न आग्रह गरे ।
त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा भण्डारीले कोभिडको महामारीमा गरिरहेको काम र प्रगतिबारे जानकारी गराए । उनले अक्सिजन प्लान्ट जोड्ने काम तीव्र गतिका साथ भइरहेको र अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएपछि आइसियुका बिरामीले पाइपलाइनबाट अक्सिजन पाउने बताए । प्रदेश स्वास्थ्य सचिव डा विकास देवकोटाले बजेटको कुनै चिन्ता नलिन आग्रह गर्दै जतिसक्दो चाँडो अस्पतालमा आइसियु सञ्चालनमा ल्याउनुपर्ने बताए ।
सो अवसरमा प्रतिष्ठानका कामु रेक्टर डा सागर पन्थी, डिन डा वसन्त लामिछाने, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको थियो । यसअघि हिजो स्वास्थ्यमन्त्री श्रेष्ठले तुलसीपुर उमहानगरपालिका–८ मा रहेको मेट्रो आइसोलेशन अस्पतालको पनि निरीक्षण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार