ईन्सपेक्टरले तस्करी लाइन दिने, जवान कुटिने
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १९:२९:६
१० जेठ, महोत्तरी । निषेधाज्ञाको मौका पारी व्यापारीहरुले सीमावर्ती तराईका जिल्लाहरुमा व्यापक तस्करी धन्दा चलाएको पाइएको छ । त्यसको प्रष्ट प्रमाण हिजो राती महोत्तरीको मटिहानी नाकामा तस्कर र सशस्त्र प्रहरीबीच भएको दोहोरो भीडन्तले पुष्टि गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा हिजो राती भीडन्त हुँदा एक सशस्त्र प्रहरी जवान र आठ भातरीय तस्कर घाइते भएका छन् । भीडन्तमा परी मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट घेराबेरा र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड भएका छन् ।
करिब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक चुस्ता समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् । बोर्डर आउट पोष्ट बीओपी मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राती करिब ८ बजे ५०/६० जना भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेकाे दावी गरेका छन ।
तर भारतीय तस्करहरुका अनुसार बीओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन तस्करी गर्ने इजाजत दिएकोमा गए राती ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका तस्करसँग थप पैसा माग्दा नदिएपछि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए । सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् ।
तस्करहरुका अनुसार आफूहरुले महिनाबारी (महिनामा एकैचोटी) रकम दिएर इन्सपेक्टरसँग लाइन लिएकोमा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । डिउटीमा खटिनेलाई सय पचास रुपैयाँ दिने गरेतापनि ठूलो रकम माग्न थालेपछि आफूहरुले नदिदाँ प्रहरीले कुटपिट गरेको दावी गरेका छन् ।
त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार