अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १६:३१:५३
१२ जेठ,डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज संक्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।
कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज संक्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी दिए । संक्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि निजलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनी मङ्गलबार भागेका थिए । आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मङ्गलबार दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार