बुद्धको सन्देश विश्वशान्तिका लागि अनुकरणीय : प्रदेश प्रमुख पौडेल
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १८:२५:५२
१२ जेठ,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताएकी छिन् । दुई हजार ५६५ औंँ बुद्धजयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा प्रमुख पौडेलले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि बुद्धले अंगीकार गरेको शान्ति, अहिंसा र मानवकल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने विचार व्यक्त गरेकी छिन् ।
शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका राष्ट्रिय विभूति गौतमबुद्ध नेपालका मात्रै नभई महामानवका रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनले देखाएको शान्ति, अहिंसा र मानव कल्याणका मार्गमा लाग्न तथा सकारात्मक सोचको विकास गर्न आग्रह गरिएको छ । आज कोरोना भाइरसको विश्व महामारीसँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा बुद्धको दुःखसम्बन्धी चतुर्आर्य सिद्धान्तले दिने सन्देशमा जनाइएको छ ।
प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राई, याक्खा, सुनवार र लिम्बू समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् । कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म, संस्कार संस्कृति र चाडपर्व मनाउन पनि प्रदेश प्रमुख पौडेलले आग्रह गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार