एम्बुलेन्स खरिदका लागि २६ लाख सङ्कलन
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १७:१८:४६
१३ जेठ,तनहुँ । असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै रु २६ लाख सङ्कलन भएको छ ।
गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ । त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताए । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट रु दुई लाख ५६ हजार उठ्न बाँकी रहेको छ ।
उक्त शाखाले एम्बुलेन्स खरिदको लागि गत पुस १६ गते नौ लाख ४१ हजार ७५३ भारतको अग्नि गु्रप महेन्द्र कम्पनीलाई पैसा पठाएपनि हालसम्म एम्बुलेन्स ल्याउन नसकिएको उनले बताए । एम्बुलेन्स आउने बित्तिकै प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए ।
उनका अनुसार ऋषिङगाउँपालिका स्थित कोटदरबार उपशाखा र देवघाट उपशाखाले यस अघि नै एम्बुलेन्स सञ्चालनमा ल्याईसकेका छन् । कुनै स्वास्थ्य संस्थासँग सम्झौता गरी एक जना स्वास्थ्यकर्मी, अक्सिजन लगायतका मापदण्ड पुरा गरी एम्बुलेन्स चलाउने योजना रहेको रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार