स्वास्थ्यकर्मी र औषधि बोकेर संक्रमितको घर पुग्छन जनप्रतिनिधि
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २०:२३:३२
१३ जेठ,बनेपा । कोभिड–१९ को संक्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना संक्रमित बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष दीननाथ गौतम घरदैलोमा पुगेका छन् । होमआइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा खटिरहेको गाउँपालिकाले जनाएको छ ।
काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकाभित्र होमआइसोलेसनमा बसिरहेकाका लागि गाउँपालिकाले सक्ने आवश्यक सामग्री जुटाउने र सहयोगी दातासम्म पनि आग्रह गर्दै सेवामा समर्पित हुने गरेको गाउँपालिका अध्यक्ष गौतमले बताए । अध्यक्ष गौतम स्वास्थ्यकर्मी र औषधि बोकेर वडा नं ७ मादनकुँडारी र वडा नं ६ कात्तिकेदेउरालीका होमआइसोलेसनमा रहेका बिरामी भेट्न पुगेका छन् ।
दुवै वडामा गरेर २८ संक्रमित बिरामी होमआइसोलेशनमा उपचाररत छन् । भेटघाटको क्रममा बिरामीले सबै प्रकारको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेको पाइएको र बिरामी सामान्य अवस्थामा रहेको पाइएको छ । भेटमा गौतमले नियमलाई कडाइपूर्वक पालना गर्न, नआत्तिन, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको खानेकुरामा बढी जोड दिन अनुरोधसमेत गरेका छन् । सो अवसरमा उनले बिरामीका लागि गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।
कोरोना संक्रमण बढेपछि आफू सबै वडामा पुगेर संक्रमितको अवस्था बुझ्नेर आवश्यक सहयोगलाई अगाडि बढाइरहेको अध्यक्ष गौतमले बताए । “हिजोआज स्वास्थ्यकर्मीसहितको टोली लिएर आफैं बिरामीको अवस्था बुझ्न सबै वडामा पुग्ने प्रयत्न गरिरहेको छु”, उनले भने, “नपुगेको अवस्थामा स्वास्थ्यकर्मी वा बिरामीलाई फोन गरेर भए पनि अवस्था बुझ्ने गरेको छु ।”
पछिल्लो समयमा छिमेकी जिल्ला रामेछापबाट दोरोम्बा र सुनापति गाउँपालिकाका संक्रमितको उपचारका लागि धुसेनी शिवालय प्राथमिक अस्पतालमा उपचारका लागि ल्याउने गरिएको छ । धुसेनीमा उपचारका लागि ल्याइएको चार बिरामीमध्ये दुई कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेको छन् भने दुई उपचाररत छन् ।
संक्रमित रहेका बिरामीलाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले दैनिकरूपमा प्रत्येक बिरामीलाई भेट्न र उनीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी परिचालन गरेको छ । औषधि खुवाउन स्वास्थ्यकर्मी आफैँ होमआइसोलेसनमा पुग्ने गर्छन् ।
दैनिक स्वास्थ्यकर्मी आफ्नो आइसोलेशनकक्षमा जाँच गर्न र औषधि खुवाउन आएपछि बिरामीको मनोबल बढ्नुका साथै खुशी भएको पाइएको उनले बताए । उपचारका क्रममा अक्सिजनको आवश्यक परे गाउँपालिकाले संक्रमितको लागि अक्सिजनसहितको सिलिण्डर समेत तयारी अवस्थामा राखेको जनाएको छ । बिरामीलाई अक्सिजन दिनै परे मात्र अस्पतालमा ल्याउने गरेको अध्यक्ष गौतमको भनाइ छ ।
गाउँपालिकाले वडा नं २, ३ र ५ मा गरी तीनवटा अस्पतालमा अक्सिजनसहितको १८ शय्याको आइसोलेशन बनाएर सेवा प्रदान गरिरहेको छ । सो क्रममा अहिले गाउँपालिकाले घरको आइसोलेसनमा नै बसेर उपचाररत रहन सुझाव दिएको र अस्पतालमा चाहिँ अक्सिनजन दिनैपर्ने बिरामीलाई मात्र भर्ना गर्ने गरिएको छ । बढी समस्या परेकालाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेलाई भने अरु अस्पतालमा सिफारिश गर्ने गरेको र अहिलेसम्ममा तीन संक्रमितलाई सिफारिश गरिएको अध्यक्ष गौतमले बताए ।
बुधबार मात्रै पाँच कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेको धुसेनी शिवालय प्राथमिक अस्पतालले जनाएको छ । गाउँपालिकाभरिमा बुधबारसम्ममा सक्रिय संक्रमित सङ्ख्या ६० रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार