प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा फेरि संबाेधन गर्दै
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १८:८:४९
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । संबाेधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।
दोस्रो पटक प्रतिनिधिसभा विघटनको तानाबाना थालेयता प्रधानमन्त्री केपी ओली जनता सामु अली बढी नै देखिन थालेका छन् । गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गर्नुअघिदेखि नै उनी प्रेससँग लामै कुराकानी गर्न थालेका छन् । राजधानीबाट प्रकाशित हुने ठूला मिडियाका सम्पादक र केही अनलाइनका सम्पादकलाई उनले बोलाएका थिए ।
लगत्तै भोलिपल्ट उनले आफू निकट प्रेस चौतारीले आयोजना गरेको प्रेस भेटघाटमा समेत सामेल भए । तर्क गर्न सिपालु ओली आज पनि राष्ट्रको नाममा सन्देश दिन आउने भएका छन् । सरकारले भोलि अध्यादेशमार्फत बजेट ल्याउँदैछ । आज अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ । जसको विपक्षी गठबन्धनले विरोध गर्दै आएका छन् । काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको विपक्षी दलहरुको मत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार