छाक टार्न मुस्किल परेका विपन्न परिवारलाई खाद्यान्न वितरण
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २१:३०:२२
१४ जेठ,डोटी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी ‘निषेधाज्ञा’ का कारण जिल्लामा विपन्न परिवारलाई छाक टार्न मुस्किल भएपछि थ्रिडिभिएल क्रियशन टिम नामक एक गैरसरकारी संस्थाले जिल्लामा खाद्यान्न वितरण गर्ने कार्य शुरु गरेको छ ।
उक्त संस्थाले आदर्श गाउँपालिका–२ बाबनकाँडाबाट अभियानको शुरुआत गरेको छ । सो वडामा आर्थिक अवस्था कमजोर भएका, खाद्यान्न अभाव भएका १० विपन्न परिवारलाई चामल वितरण गरिएको राहत कार्यक्रमका संयोजक खेमराज ओझाले जानकारी दिए । अभियानका क्रममा प्रतिपरिवार २५÷२५ किलो चामल वितरण गरिएको हो । सो गाउँपालिकाका सातवटै वडामा उक्त कार्यक्रम सञ्चालन गरिने भएको छ ।
महामारीको समयमा सामाजिक सञ्जालबाट शुरु गरिएको राहत वितरण अभियानमा विभिन्न व्यक्तिले सहयोग गर्दै आएको रकमबाट उक्त खाद्यान्न वितरण गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार