भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धा एकाएक फुरुङ्ग
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १४:१५:२४
१६ जेठ, लमजुङ । सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै थिइन दोर्दी गाउँपालिका–३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८/७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उनको चाउरी परेको अनुहारमा खुशीको भाव पोखियो ।
वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आएकी उनी अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग भइन । मनमायाले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई सहज हुने भन्दै सरकार सधैँ यसरी ज्येष्ठ नागरिकको सहारा बन्नुपर्ने बताइन।
त्यस्तै मध्यनेपाल नगरपालिका–३ सूर्यपालका ७४ वर्षीय मनबहादुर गोतामे र ६४ वर्षीया चिजामाया गोतामे पनि रेडियोबाट बजेट भाषण सुनिरहेकी थिइन । उनीहरुसमेत सरकारले बढाएको वृद्धाभत्ताबाट खुशी भए । मनबहादुरले भने, “पहिला–पहिला धेरै कम वृद्धाभत्ता हुने गरेको थियो, अहिले त वृद्धि हुँदै रु चार हजार पुगिसक्यो, सबै ज्येष्ठ नागरिक खुशी हुनुपर्छ ।” उनीहरु मात्र होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिक वृद्धभत्तामा भएको वृद्धिले खुशी भएका छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरु हर्षित भएका छन् ।
विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा रु १०० बाट शुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट रु चार हजार पुगेको छ । बेँसीशहर–११ चितीका ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष रुद्रनिधि तिवारीले वृद्धभत्ताले नुन, तेल, चामल खान पुग्ने बताए ।
उनले भने, “हुन त सरकारले जति बढाए पनि पुग्दैन तर सन्तुष्ट मान्ने हो भने यतिका रकम राम्रै हो ।” त्यस्तै ज्येष्ठ नागरिक संघ लमजुङका कोषाध्याक्ष हरिप्रसाद अधिकारीले भने, “सरकारले वृद्धाभत्ता बढाएको छ, यो राम्रै हो । दुःख पाएका र कम आयस्तरका ज्येष्ठ नागरिकलाई त धेरै सहयोग पुग्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार