गाउँमा पहिलोपटक प्रहरी चौकी स्थापना भएपछि स्थानीय खुशी
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १६:१८:४३
१६ जेठ,डोटी । भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै त्यहाँका नागरिक निकै खुशी भएका छन् ।
गाउँमा प्रहरी चौकी नभएका कारण उक्त गाउँमा विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या भएको जानकारी पाएपछि अहिले नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने, “छपाली अलि विकट क्षेत्रमा रहेछ, प्रहरीको उपस्थिति नभएका कारण नागरिकलाई शान्ति सुरक्षा महसुस गर्न समस्या भएको खबर आएपछि अहिले प्रहरी चौकी स्थापना गरेका छौँ, अब शान्ति सुरक्षा कायम हुनेछ ।”
भौगोलिक हिसाबले जिल्ला सदरमुकाम सिलगढीबाट निकै टाढा रहेको बझाङ र बैतडीको सिमानामा पर्ने छपालीमा लामो प्रयासपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, “छपाली वडा निकै टाढा छ, गाउँमा प्रहरी चौकी नहुँदा नागरिकलाई समस्या थियो, प्रहरी प्रशासन र हामीले गरेको लामो प्रयासपछि बल्ल अस्थायी प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ, सबै खुशी भएका छन् ।”
हालै स्थापना गरिएको उक्त प्रहरी चौकीका प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने उनले जानकारी दिए । अब वडामा शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य तथा स्थानीयवासी धनबहादुर नेपालीले बताउ । उनले भने, “लामो प्रायसपछि हाम्रो वडामा प्रहरी चौकी स्थापना भएको छ, नागरिकस्तरबाट पनि पूर्ण सहयोग हुनेछ, हामीलाई पनि शान्ति सुरक्षा प्रदान हुनेछ ।”
उक्त वडामा सामान्य झैझगडाका घटना भए पनि नागरिकले कम्तीमा तीन घण्टाको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय मौवा नगदरदहमा गएर उजुरी गर्दै आएको र अब उक्त समस्या समाधान भएको अर्का स्थानीयवासी रोहितबहादुर देउवाले बताउनुभयो ।
जिल्लामा पछिल्ला केही महिनायता अस्थायी प्रहरी चौकी स्थापना गर्ने क्रम बढेको छ । हालसम्म जिल्लाका गड्सेरा, खड्यौँली, छपाली, तल्कोटलगायतका क्षेत्रमा प्रहरीले नागरिकको मागबमोजिम अस्थायी प्रहरी चौकी स्थापना गरेको छ । नयाँ स्थापना भएका प्रहरी चौकीमा प्रहरीले नागरिकको शान्ति सुरक्षादेखि अन्य काम तथा मुद्दाहरू गाउँमै सबैको रोहवरमा मिलापत्र गर्दै आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सामान्य खालका मुद्दा गाउँमै मिलापत्र हुन थालेपछि जिल्ला प्रहरी कार्यालयसम्म नागरिकले न्यायका लागि धाउनुपर्ने समस्यासमेत हटेको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार