घोडाघोडीमा आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गर्ने
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १८:२१:२
१६ जेठ,धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गरिने भएको छ । कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो ।
तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो ।
शिक्षा समिति संयोजकसमेत रहेका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिए ।
पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कका आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको रेग्मीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार