सरकारले ल्याएको बजेटप्रति स्वास्थ्यकर्मी खुशी
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २३:४९:५८
१६ जेठ,डोटी । आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको बजेटमा स्वास्थ्यकर्मीहरु खुशी भएका छन् । सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेपछि उनीहरु खुशी भएका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु सरकारले ल्याएको बजेटप्रति निकै खुशी भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रको रु एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताएपछि डोटीका स्वास्थ्यकर्मीहरु निकै खुशी भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार जियोजन निरीक्षक सूर्य विष्टले बताए । उनले भने, “पछिल्लो समय सबै क्षेत्रबाट स्वास्थ्यकर्मी जोखिममा थिए, सरकारले हाम्रा पीडा मर्का बुझेर बजेट ल्याएकाले अब काम गर्नमा झनै हौसला प्रदान भएको छ ।”
पछिल्लो समय विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा सरकारले बजेट वृद्धि गरेपछि खुशी भएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विधि भण्डारीले बताइन् । उनले भनीन्, “कोरोना कहरको समयमा पनि घरपरिवार नभनेर बिरामी बचाउनमा लागेका थियौँ, सरकारले हाम्रो पीडा बुझेर सम्बोधन गरेको छ, हामी खुशी छौँ ।”
यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । कोभिड–१९ विरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड समेत बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको रकम यथाशक्य कार्यान्वयनमा ल्याउन समेत यहाँका स्वास्थ्यकर्मीले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार