राष्ट्रियसभा सदस्यका लागि आज मतदान: विपक्षी भन्छन्,आयोग ओलीको विभाग बन्यो
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १३:९:१०
१७ जेठ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदानका लागि दाङ्को घोराही स्थिति कर्मचारी मिलन केन्द्रमा अहिले विहान ९ बजेदेखि ३ बजेसम्मको समय कायम गरिएको छ ।
निर्वाचनमा एमालेका तर्फबाट चन्द्र बहादुर खड्का र विपक्षी गठवन्धनबाट दीर्घनारायण पाण्डे चुनावी प्रतिस्पर्धामा रहेका छन् । तत्कालीन माओवादी केन्द्रबाट जितेका खड्का माओवादीबाट एमालेमा प्रवेश गरेसँगै सांसद पद खारेजभएपछि पुन निर्वाचन हुन लागेकाे हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षको समर्थन पाण्डेलाई रहेको हुँदा विपक्षी गठवन्धनको जित सुनिश्चित भएको देखिन्छ ।
यधपी अन्तिम समयमा निर्वाचन आयोगले जनता समाजबादी दलका ४ सांसदलाई मताधिकार दिएपछि निर्वाचन परिणमा फरक पर्न सक्ने आंशाका गरिएको छ ।
मतदान सुरू हुनु भन्दा करिब १६ घण्टाअघि निर्वाचन आयोगले मतदातालाई मतदाता कामय गर्ने एकपक्षीय निर्णय गरी आदेश गर्नु निर्वाचनको आचारसंहिता र निर्वाचन प्रणालीको आम मान्यता विपरीतको कदम भएको भन्दै विपक्षीहरुले यसको विरोध जनाएका छन् ।
अन्तिम मतदाता नामावलीमा दाबी विरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
यस कदमले सम्पूर्ण संवैधानिक अंगमाथिको विश्वसनीयतामै समेत प्रश्नचिह्न खडा भएको भनी उल्लेख गरेका छन्। त्यस्तै निर्वाचन आयोग जस्तो संवैधानिक अंग केपी ओली एमालेको विभागमा परिणत भएको प्रमाणित गरेको समेत उनीहरूको आरोप छ।
त्यस्तै यो अवस्थामा राष्ट्रिय सभाको उपनिर्वाचन मात्र नभइ सबै निर्वाचन निष्पक्ष नहुने कुरा पनि यहीबाट प्रमाणित हुने उनीहरूको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार