श्रेष्ठ र केसी इजालसमा रहने वा नरहने टुंगाे आज लाग्ने, न्यायाधीश फेरिए अस्वीकार गर्ने महान्याधिवक्ताको चेतावनी
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १४:२७:२७
१७ जेठ, काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा गठित संवैधानिक इजलाशमा न्यायधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी इजलासमा रहने वा नरहने विषय आज टुंगाे लाग्ने भएको छ । न्यायाधीशको योग्यता मै वकिलहरुले प्रश्न उठाएपछि उनीहरुले उठाएका प्रश्नहरुका सम्बन्धमा इजलाशले आज आदेश जारी गर्ने तयारी गरेको छ ।
यता सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले न्यायधीशहरु फेरिए इजलाश नै अस्वीकार गर्ने चेतावनी दिएका छन् । बडालले इजालसमा न्यायाधीश फेरिए आफूहरूले पनि बाँकी न्यायाधीशले हेर्न मिल्दैन भन्ने दाबी गर्ने र त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।
ठूलो संख्यामा रिट निवेदक र कानुन व्यवसायी भएकाले तिनीहरूको न्यायाधीशसँग कुनै न कुनै नाता पर्ने भएकाले आफूहरूले त्यो विषयवस्तु पनि खोतल्ने चेतावनी समेत उनले दिए ।
न्यायाधीशकै विषयमा प्रश्न उठेपछि मुद्धालाई हेर्दाहेर्दैमा राखी भोलीसम्मका लागि इजलास स्थगित गरिएको छ । न्यायाधीश श्रेष्ठ नेकपा विभाजन सम्बन्धी फैसलामा संलग्न भएका छन्, र न्यायाधीश केसीले सोही मुद्धाको पुनरावलोकन निवेदन सुनुवाइ गरेकाले उनीहरु हालको संवैधानिक इजलासमा बस्न नमिल्ने प्रश्न उठाइएको छ।
वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । उनीहरुले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।
नेकपा विभाजन गर्ने फैसलाका कारण संवैधानिक इजलासमा विचाराधीन हालको मुद्दा सृजना भएकोले उनीहरुले नै प्रतिनिधिसभा विघटनको मुद्धाको सुनुवाइमा बस्न नमिल्ने निवेदक तर्फका वकिलहरुले जिकीर गर्दै आएका छन् । तर महान्यायधिवक्ता रमेश बडालले उक्त जिकिरको खण्डन गर्दै नेकपा विभाजन गर्ने फैसला र वर्तमान मुद्धाबीच कुनै सम्बन्ध नरहेको बताएका छन् ।
उनले पुराना मुद्धा र न्यायाधीशको योग्यता जोड्ने हो भने सर्वोच्चका सबै २० जना न्यायाधीबाट प्रधानमन्त्री केपी ओलीविरुद्ध फैसला भएका र रिट निवेदक पूर्व प्रधानमन्त्रीहरुका पनि पक्ष वा विपक्षमा फैसला भएकाले कुनै पनि न्यायाधीशले वर्तमान मुद्धा हेर्न नमिल्ने मत राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार