सुदूरलाई १ करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १६:५:५२
१७ जेठ,डोटी । सुदूरपश्चिम प्रदेशमा वल्र्ड भिजन इन्टरनेसनल नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेशलाई रु एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त संस्थाले सुदूरमा कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामीटर, ३८० वटा पल्स अक्सिमिटर, ४५ थान पिपिइ सेट, २५ अस्पताल शय्या, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलिण्डर, अछाम, बझाङ र डोटीमा प्रतिजिल्ला ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मामीटर, ७० पल्स अक्सिमिटर र ७० थान पिपिइ सेट, तथा कञ्चनपुरमा ४५ थान अक्सिजन सिलिन्डर र २५ थान पिपिइ सेट वितरण गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका कोभिड अस्पतालमा ती स्वास्थ्य सामग्री प्रयोगमा ल्याइने छ । बाँकी रहेका स्वास्थ्य सामग्री प्रदेशका अन्य जिल्लामा वितरण गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार