कविता-भकुण्डेको चिनारी
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १६:३८:२६
आजभोलि प्रख्यात छ भकुण्डेको बजार
वि.पी.मार्ग खुलेपछि बड्यो चल्ती हजार ।।
किन रह्यो ‘भकुण्डे’ नाम भन्ने खोज्दा कुरो
इतिहास खोज्दा बल्ल पत्ता लाग्यो चुरो ।।
सुन्नुहोस्, दाजुभाइ केही कुरा कहन्छु ।
भकुण्डेको ऐतिहासिक कथा एउटा भन्छु
परापूर्वकालमा थियो खेतीयोग्य फाँट
रोपाईं हुँदै थियो अरे असराको मास
असारको चर्को घाम रोपाई हुँदै थियो
दिउँसो खाजा दोफरे खाने कुरा भयो ।।
भैरव अनि नागराजालाई चढाउन बिर्से
सबको मनमा शंका थियो गल्ती ठूलो भयो
भरेसम्म रोपाईंमा के चै विघ्न पर्ने हो
खाजा खाई रोपाईंको हुन थाल्यो काम
बादल आयो आकाशमा छेकी दियो घाम ।।
मेघ गज्र्यो जमिन सबै कम्प आउने गरी
एकैछिनमा पर्न गयो मुसलधारे झरी
मेलो सक्न थोरै थियो रोपार लागे रोप्न
लाठे हली सबै लागे आफ्नो काम सक्न ।।
खेत थियो जलमग्न खोला बाढी सरी
खेतका आली देखिन्नथ्यो कतै वरीपरी
त्यसैबेला अचानक सबै भासिएर
अलप भए लाठे रोपार हली गोरु सब
वरपर भन्न लागे ठूलो विघ्न प¥यो
भैरव– नाग रिसाएर यस्तो हुन गयो ।।
दुम्जा नजिक गजुल दहमा लाठे रोपार हली
बिउलेका रोपार, बाउसे गोरु हलो पनि
गजुल दहमा तैरिएको देख्ने काशी राम
हावा सरी फैलियो रे खबर जहाँतहाँ
खबर ल्याए काशीराम दहालले पैले
काशिम्टार उनकै नामले भन्ने गर्छौं ऐले
त्यसैबेलादेखि वस्ती दाहालको भयो ।।
कुण्ड बने तीन ठाउँमा अझै सम्म छ नि
त्यस्तै कुरा सुनाउँथे हाम्रा पूर्खा पनि
कुण्ड नजिक जानु हुन्न भन्थे बूढापाका
सानो छँदा भन्ने गर्थे नागभैरवले तान्छ
कुण्ड नजिक जान पनि धेरै डर लाग्थ्यो
सर्पहरू त्यो कुण्डमा देख्दा डर लाग्थ्यो
विस्तार विस्तार पुरिएर कुण्ड साना भए
तीनबाट बाँकी कुण्ड दुई बाँकी रहे
बल्ल ऐले भैरवको कुण्ड बन्दै गा’छ
भकुण्डेको इतिहास संरक्षण भा’छ
यस्तै अरु पुरातत्व वस्तु खोजी गरौँ
ती पुराना वस्तुहरू पोखरी र ताल
संरक्षण सम्वद्र्धनमा सबले गरौँ ख्याल ।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार