प्रहरी नै हिड्न थाले रक्सी चोरेर…., ३ प्रहरी निलम्बित
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १८:१९:५
१७ जेठ, लाहान । निषेधाज्ञाका कारण सबैतिर बन्द गराउँदै शान्ति सुरक्षामा हिडेको नेपाल प्रहरीका जवानहरु आफैले रक्सी चोरेर हिडेपछि कारवाहीमा परेका छन् । लाहान बजारको एउटा मदिरा पसलबाट ४ बोतल भोड्का चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो । घटना सार्वजनिक भएपछि उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटना अनुसार जेठ ९ गते राती इलाका प्रहरी कार्यालय लहानबाट सई नवल साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान १३ स्थित पञ्चु महतोको एसके मदिरा पसलबाट चार बोतल भोड्का चोरेर मस्त पिएको सीसीटिभी क्यामेरामा कैद भएको छ । यो घटना जेठ १० गते सीसीटिभीको रेकर्ड हेर्दा देखिएको हो ।
रेकर्ड हेर्ने एक व्यक्तिका अनुसार प्रहरी अनुराग रायले चोरेको चार बोतल भोड्का अन्य नौ जना प्रहरीसँगै मिलेर सितनसँग पिएको दृश्य कैद छ । सीसीटिभीको यस्तो दृश्य देखिएपछि व्यापारीहरुबीच हल्लीखली मच्चियो । सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्तीमा हिंडेका प्रहरीले भोड्का चोरेको सार्वजनिक भएपछि लहानबासीहरु छक्क परेका छन ।
सो क्रममा पसलका सञ्चालक भागी पसल खाली रहेको अबस्थामा उनीहरुले भोड्का लिई गएको भिडियो विभिन्न सामाजिक सञ्जाल तथा संचारमाध्यमबाट सार्वजनिक भएका थिए । प्रहरीले सीसीटिभी क्यामराको भिडियो फुटेज कसैलाई नदिन र सार्वजनिक नगर्न दवावसमेत दिएको व्यापारीहरुले बताएका छन् । र, यो घटनालाई लुकाउनको निमित वडाध्यक्ष कन्हैया गुप्ताले पनि सिरहा प्रहरीलाई साथ दिइरहेको व्यापारीहरुले बताएका छन् ।
वडाध्यक्ष गुप्ताले सीसीटिभी क्यामराको फुटेज सार्वजनिक गरे नराम्रो हुने भन्दै होटलको बोर्डसमेत हटाउन लगाएका छन् । स्मरणीय छ, लहानमा विगत दुई महिनाको अवधिमा दुई दर्जन भन्दा बढी चोरी डकैतीका घटना भएका छन् भने एकजना सुनचाँदी व्यवसायीको हत्यासमेत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार