महासंघद्धारा ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १८:४२:६
१७ जेठ,कञ्चनपुर । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने भएको छ ।
कोराना भाइरसको संक्रमणबाट सञ्चारकर्मी संक्रमित हुन थालेपछि महासंघले कोष स्थापना गर्ने निर्णय गरेको हो ।
समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना संक्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । “पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ”, कार्य समितिका सचिव राजेन्द्रप्रसाद अवस्थीले भने, “कोषमा रकम जम्मा गर्नका लागि सबैको साथ चाहिएको छ ।”
कोषमा सहयोग गर्नका लागि व्यवसायी, उद्योगी, सामाजिक संघसंस्था, शिक्षक, कर्मचारी, समाजसेवीसँग अनुरोध गरिएको उनले बताए । महासंघद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गर्न इच्छुकहरुले एनएमबी बैंक शाखा महेन्द्रनगरमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका नाममा रहेको चल्ती खाता नं ०९८०१२९०५८२०००११ मा रकम जम्मा गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार