सबैभन्दा बढी नयाँ योजना र रकम प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १६:५०:११
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल लगायत प्रधानमन्त्री निकट मानिने नेताको जिल्लामा सबैभन्दा बढी नयाँ योजना तथा परियोजनाहरुका लागि बजेट छुट्याइएको छ । आगामी बर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीको चुनावी क्षेत्र झापामा सबैभन्दा धेरै योजना केन्द्रित गर्दै बजेटको ओइरो हालेका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा चिल्ड्रेन प्याराडाइज, अन्तर्राष्ट्रियस्तरको रंगशाला, सिटी पार्क, बहुतले बसपार्क, सार्वजनिक पदाधिकारीलाई प्रशिक्षण दिन प्रतिष्ठान स्थापना, मेगा सिटी, नदी कटान, सहरी पूर्वाधार विकास लगायत एक दर्जनभन्दा बढी कार्यक्रम राखिएका छन् ।
यस्तै अर्थमन्त्रीले पनि विद्युतीय तारको भूमिगत व्यवस्थापन, सडक विस्तार, कृषिको थोक बजार, स्मार्ट सिटी लगायत कार्यक्रम नयाँ कार्यक्रम रुपन्देहीका लागि छुट्याइएको छ । त्यसै गरी पौडेलले प्रधानमन्त्रीका विश्वासपात्र मानिने गोकुल बाँस्कोट र महेश बस्नेत, प्रदीप ज्ञावली, सुवास नेम्वाङ्लाई पनि खुशी तुल्याएका छन् ।
बस्नेतको गृह जिल्ला भक्तपुरको दुवाकोटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा अन्तरराष्ट्रियस्तरको अस्पताल बनाउने र त्यहाँ जान मनोहराको किनारमा चार-चार लेनको सडक बनाउने भनिएको छ । भक्तपुरको ताथलीबाट काभ्रेको रविओपीलाई सुरुङ मार्गले जोड्ने भनिएको छ ।
काभ्रेमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय, स्मार्ट सिटी, धुलिखेल दोलालघाट सडकको स्तरोन्तति, आधुनिक चललिच स्टुडियो लगायत कार्यक्रम बाँस्कोटाको जिल्लामा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार