गाउँपालिकाका प्रमुखको सुविधा रकमबाट कर्मचारीलाई पुरस्कार
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १६:५८:५२
१९ जेठ,परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधावापतको रकम मध्ये रु ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिका रूपमा कार्यरत प्रदीपकुमार तिवारी रहेका छन् । गाउँपालिका अध्यक्ष गुप्ताले आज उनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगतरूपमा पुरस्कृत गरेको बताए ।
सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरेकाले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताए । अधिकांश समय कार्यक्षेत्रमै खटिएर जस्तोसुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकाले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उनले बताए ।
अहिलेको कोरोना महामारीको सङ्कटमा पनि तिवारीको कार्यसम्पादन उत्कृष्ट रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए । गत वर्ष पनि अध्यक्ष गुप्ताले उहाँलाई एक थान मोबाइल सेट आफ्नो तर्फबाट प्रदान गरेका थिए। गाउँपालिका अध्यक्ष गुप्ताले आफूले पाउँदै आएको सुविधावापतको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । पुरस्कृत कर्मचारी तिवारीले पुरस्कृत हुन पाएकोमा आफूले गर्व महसुस गरेको र अझ जिम्मेवारी थपिएको बताए ।
नागरिकलाई विपद्बाट जोगाउन, विपद्मा परेका नागरिक र क्षतिको तथ्याङ्क सङ्कलनलगायत गाउँपालिकाका अन्य कामहरू पनि बिदासमेत नभनी निरन्तर सम्पादन गर्दै आएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार