युएमएनद्वारा डोटीमा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १७:८:०
१९ जेठ,डोटी । डोटीको फुड्सिल गाउँपालिकालाई युनाइटेड मिसन टू नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकार संस्था युनाइटेडले गाउँपालिकालाई रु १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एन्टिजेन किट २५० थान, सर्जिकल मास्क तीन हजार, ग्लब्स एक हजार, स्यानिटाइजर पाँच लिटर १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान, त्यसैगरी थर्मामिटर १२, पिपिई सेट २४, नेबुलाइजर १२, के।एन नाइन्टी फाइब मास्क ४००, हस्पिटल श्यया १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्टे«टर पाँच लिटरको दुई थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टोलीनेता विशालबाबु श्रेष्ठले जानकारी दिए ।
जिल्लामा दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
यसैगरी युएमएनले बोगटान फुड्सिलसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार