हौसला बढाउन संक्रमितको घरघरमा पुग्छन जनप्रतिनिधि
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १७:२१:३९
१९ जेठ,पाँचथर । पाँचथरमा जनप्रतिनिधि तथा सरकारी अधिकारीहरू कोरोना संक्रमितको घरमा पुग्ने गरेका छन् । संक्रमितको घरघरमा पुगेर जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई संक्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको हो ।
तीन टोलीले फिदिमको वडा नं १, २ र ४ मा रहेका संक्रमितहरूलाई घरैमा पुगेर होमआइसोलेशनको अवस्था बुझ्ने, स्वास्थ्य अवस्थाको जानकारी लिने, होमआइसोलेशनमा बस्न समस्या रहेको भए सोको जानकारी लिने तथा आवश्यक सुझाव र परामर्श दिने काम गरेको हो ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा सञ्जीव यादव, पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटालगायत टोलीमा सहभागी थिए ।
टोलीमा वडाध्यक्षहरू गजाधर भट्टराई, सुकपाल तुम्बापो र प्रकाश गुरुङ तथा वडा सदस्यलगायत जनप्रतिनिधिहरू सहभागी थिए । सो अवसरमा परामर्शसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले तयार पारेको शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिसमेत संक्रमितहरूलाई वितरण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालले विशेषतः सदरमुकाम फिदिममा होमआइसोलेशनको मापदण्ड पालना नभएको, संक्रमितहरूले समस्या भोग्नुपरेकोलगायत गुनासा सुनिएपछि संक्रमितको अवस्था बुझ्न टोली नै बनाई अनुगमन गरिएको बताए । कतिपय संक्रमितहरू संक्रमणका कारण समस्या र मानसिक तनावमा समेत परेको अवस्थामा घरघरमा पुगेर सबैले सान्त्वना दिने प्रयास गरिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुखसापकोटाले कोरोनाको संक्रमण महामारीका रूपमा फैलिएकाले यसलाई सबैले सामान्य रूपमा लिई उच्च सतर्कताका साथ परिवारका सदस्यहरूलाई सहयोग गर्न, अप्ठ्यारो परे स्वास्थ्यकर्मीको परामर्श लिन वा अस्पताल भर्ना हुन भेटघाटमार्फत सुझाव दिइएको बताए । जिससका प्रमुख, प्रजिअ लगायतले यसअघि फिदिमबाहिर हिलिहाङ र याङ्वरक गाउँपालिकामा रहेका संक्रमितहरूलाई समेत घरैमा गएर भेटी हौसला दिएका थिए । पाँचथरमा हालसम्म ८०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये आधाभन्दा बढी संक्रमित फिदिम नगरपालिकाभित्र रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार