कोरोना बिरामी बढेपछि हात हातमा मास्क अभियान
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १८:४६:१४
१९ जेठ,बलेवा । काठेखोला गाउँपालिकाका विभिन्न वडाका घरघरमा मास्क, टोलटोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ ।कोरोनाका संक्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलामा अभियान चलाइएको हो । जनप्रतिनिधि, गाउँका सामाजिक अगुवा, व्यवसायी र विदेशमा रहेका युवाको सहयोगसमेत जुटाएर संक्रमितको घरघरमा कोरोना किटका रूपमा सबै प्रकारका औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
स्वास्थ्य सामग्री हरेक घरमा पुग्ने गरी दिइएको वडा नं १ का अध्यक्ष खड्ग थापाले बताए । “हामीले आफ्नो कोषमा दातासमेत खोजेर जुटाएको रकमबाट स्वास्थ्य सामग्री दिएका हौँ”, थापाले भने, “अत्यावश्यक पर्ने सिटामोलदेखि अन्य औषधि, स्यानिटाइजर र मास्क पनि दिएका हौँ ।”
संक्रमितले घरमै प्राथमिक उपचार पाउने, परिवारका सबै सदस्य स्वस्थ्य रहने अवसरका लागि सामान दिएको उनले बताए । लेखानी र बिहुँमा भने स्थानीय तथा विदेशका युवाले पठाएको रकम परिचालन गरेर सामग्री वितरणलाई व्यापक बनाइएको छ । स्वास्थ्यकर्मीले पनि घरघरमा स्वास्थ्य परामर्श दिन थालेको वडाध्यक्ष चित्रकला छन्त्यालले बताए ।
कोरोना महामारी बढेपछि चिन्तित गाउँलेहरू सहयोग पाएर खुशी भएका छन् । “घरमै आएर स्वास्थ्यकर्मी, पत्रकार र रेडक्रसका पदाधिकारीले भेट गरे”, सिगानाका संक्रमितले भने, “परामर्शसहित औषधि पायौँ, डर पनि हटेको छ ।”
धेरै संक्रमित भेटिएका काठेखोला, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका वडा तहमा यो अभियान चलेको हो । सहयोग जुटाएर हरेक घरमा ५० थान मास्कसहित सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले बताए । कोरोना संक्रमितमध्ये ज्वरो, रुघाखोकी मात्र नभई कतिपयलाई बान्ता, पखाला र शरीर दुख्ने समस्या देखिएको थाहा पाएपछि स्वास्थ्यकर्मीकै उपस्थितिमा आवश्यक औषधिको जोहो गरिएको उनले बताए ।
स्वास्थ्यकर्मीले संक्रमितको अवस्था हेरेर भिटामिन सी, जिङ्कचक्की, पकेट स्यानिटाइजरलगायत सामग्री दिएका छन् । बडिगाडका युवाले संक्रमितको उपचार तथा आइसोलेशन सञ्चालनका लागि लाखौँ रकम जुटाएका छन् । औषधि खरीददेखि संक्रमितलाई अस्पताल लैजाने काममा पनि युवाको अगुवाइमा भएको स्थानीय राजन पाइजाले बताए । “हामी संक्रमित भए पनि परिवारमा नपुगोस् भनेर घर जान सकेको छैन”, पाइजाले भने, “अझै संक्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार