प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार २०:१७:६
१९ जेठ, सिराहा । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र प्रतिगमनकारी कदम चालेको भन्दै उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।
सिराहा जिल्लाको नवराजपुर गाउँपालिकास्थित सोनबर्षा चौकको सडकखण्डमा आज मंगलबार दिउँसो प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् । सो गाउँपालिकाका अध्यक्ष एवम् युवा नेता संजयकुमार यादवको अध्यक्षतामा सोनबर्षा चौकमै युवाहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल, सिरहा जिल्लाका युवा नेता यादव, जसपा नेपालका नवराजपुर गाउँपालिका अध्यक्ष यादव लगायतका विभिन्न नेता र कार्यकर्ताको उपस्थितिमा पुत्ला दहन कार्यक्रम गरिएको अध्यक्ष यादवले जनाए ।
यादवका अनुसार पछिल्लो समय असंवैधानिक र प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीलाई साथ दिएर महन्त ठाकुर र राजेन्द्र महतोले मधेश विरोधी गतिविधि गरेको आरोप उनीहरुको थियो । कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतोले पार्टीको आधिकारिक निर्णय नमानेर जर्बजस्ती गरेको उनीहरुको भनाई छ ।
ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि नेपालको संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयासहरू हुँदै गर्दा सर्वोच्च अदालतको गत २०७७ फागुन ११ गतेको फैसला बमोजिम पुर्नस्थापित प्रतिनिधिसभाको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पुनः विघटन गरेकी थिइन।
अहिले त्यहाँ जुलुस र बिरोध प्रदर्शन भइरहेको छ ।असंवैधानिक र निरङ्कुश कदमको विरोधमा जुलुसमा सहभागी भएका जसपाको सबै नेता र र्कार्यकर्ताहरुलाई अध्यक्ष यादवले धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार